भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
content/uploads/377118_443938488977784_1048632769_n-300x154.jpg" width="400" />
स्वभावैले पुरुषभन्दा बढी भावनात्मक मानिन्छन्, महिला । महिला र पुरुषबीचको भावनात्मक भिन्नता उनीहरूले देख्ने सपनाले पनि प्रस्ट्याउँदो रहेछ । अमेरिकाका केही व्यक्तिले देखेका सपनाको अध्ययनबाट यस्तो पुष्टि भएको हो । अध्ययनले महिलाले बढी भावनात्मक सपना देख्ने निष्कर्ष निकालेको छ । सपना जाँचको यो कार्यक्रममा बढीजसो सपना देख्ने अमेरिकी महिलापुरुषलाई समावेश गरिएको थियो । सहभागी पुरुषमध्ये ६८ प्रतिशतले सपनामा पुरुषकै मुहार बढी देख्ने गरेको बताए । तर, महिलाले भने सपनामा भावनात्मक सामग्री बढी देख्ने गरेको उल्लेख गरे । अध्ययनको निष्कर्षअनुसार पुरुषहरू सपनामा झगडा, हिंसा तथा विभिन्न सडक प्रदर्शनका कुरा बढी देख्छन् । पुरुषका सपनामा थाहै नभएका डरलाग्दा स्थान पनि देखिने गरेका पाइए । तर, महिलाका सपनामा भने तालतलाउ, पुलजस्ता स्थान बढी रहेको अध्ययनले देखायो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.