Widgets

Home » » जीवनमा प्रेम, विवाह र यौन......

जीवनमा प्रेम, विवाह र यौन......

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


संस्कृत भाषामा विवाहको अर्थ हुन्छ लगन अर्थात् एउटा यस्तो गठबन्धन, जसमा प्रेम वा आफ्नोपन समाबेश हुन्छ । विवाहलाई दूई विपरीत लिंगका व्यक्तिबीचको अन्तरंग बन्धन मानिन्छ, त्यो केवल कानुनी वा सामाजिक औपचारिकतामात्र होइन । विवाहले श्रीमान श्रीमती दुवैलाई आ-आफ्नो प्राकृतिक क्षमताको अतिरिक्त एक साथ रहेर आफ्नो व्यक्तित्व विकास गर्ने सुनौलो अवसर समेत प्रदान गर्छ। एकजुट भएर गरिने प्रयासले दाम्पत्य जीवनमा मधुरताको संचार गरी सुन्दरता पैदा गर्छ जुन आजीवन कायम रहन्छ। विवाहमा हामी भन्ने भावनाको अनुभव गर्नु अत्यन्त महत्वपुर्ण एवं आवश्यक मानिन्छ। आपसी सम्बन्धलाई सफल, सुमधुर, बलियो एवं दिगो बनाउने प्रयास गर्नुपर्छ। भनिन्छ-एउटा व्यक्ति आधा वा अधूरो हो र दुईको मिलनपछि मात्र व्यक्तको अस्तित्वले पूर्णता पाउँछ। जब श्रीमान्श्री-मती विवाह बन्धनमा बाँधिन्छन् तब माथिका कुरा केही हदसम्म सत्य प्रमाणित हुन्छन्। सफल विवाहका लागि दुवै वर-वधू शारीरिक, मानसिक र भावनात्मक रुपमा सक्षम एवं पूर्ण हुनुपर्छ। वैवाहिक सम्बन्ध कायम गर्न श्रीमान श्रीमती दुवैको प्रयास र सहभागिता बराबर हुनुपर्छ। यदि विवाहको धरातल सबल छ भने बाहिरी कारणले त्यसलाई असर पार्न सक्दैन। त्यसका लागि श्रीमान श्रीमती दुवैबीच समझदारी, आपसी माया, सद्भाव, सम्मान र साझेदारी हुनुपर्छ भने दुबैले एक-अर्काको व्यक्तिगत विकासमा सहयोग पुर्‍याउनु पनि उत्तिकै आवश्यक छ। विवाह एउटा गठबन्धन हो, बन्धन होइन। दाम्पत्य जीवनमा यौनिक आकर्षणलाई कायम राख्नु वा विवाहलाई जीवनभर सुमधुर राख्नु त्यति सरल कार्य होइन। जुन दम्पतीले आफ्नो यौनजीवनलाई सुखमय बनाउने प्रयास गर्छन् त्यो जोडीमा बढी आत्मीयता पाइन्छ। विवाह सम्बन्ध टुट्नुको कारण यौन सम्बन्धमा नकारात्मक प्रवृत्ति बढ्नु पनि मानिन्छ। बेन्जामिन फ्रान्कलिन भन्छन् "आफ्नो बगैंचाको भन्दा छिमेकीको बगैंचाको फूल सधैं राम्रो र सुन्दर लाग्छ र त्यसले आकषिर्त पनि गर्छ। यो तब मात्रै सम्भव हुन्छ जब तपाईं आफ्नो बगैंचालाई नै उपेक्षा गर्नुहुन्छ।" पति पत्नी दुवैले आफ्नो दाम्पत्य जीवनमा यौनलाई उत्तिकै महत्व दिँदै कुनै पनि समस्यालाई आ आफ्नो जिम्मेवारी मानेर प्रेम पुर्बक समाधान गर्नुपर्छ। स्वयंलाई अलग अलग मानेर काम गर्न थालियो भने परिणाम सकारात्मक नहुन सक्छ। पति पत्नि एकजुट भएर सकारात्मक परिणामका लागि प्रयास गर्नुपर्छ। नारी पुरुष एउटै सिक्काका दुई पाटा हुन्। यी दुवै संवाहक हुन्। प्रकृतिले तिनीहरुलाई अलग अलग शारीरिक संरचना प्रदान गरेको छ। त्यसैले दुवैको मिलनबाट प्रजनन सम्भव हुन्छ। तैपनि विवाहलाई मात्र शारीरिक आकर्षण रुपमा लिनु हुँदैन। साँचो प्रेम भावनात्मक सम्बन्धबाट फल्छ, फुल्छ र हर्कन्छ। आत्मीय अन्तरंगमा एक अर्काप्रति प्रतिबद्धता, इमान्दारिता, प्रेम र स्वतन्त्रताबाट मात्र जन्मन्छ। यौनसम्बन्ध प्रेमको पराकाष्ठा, इमान्दारिता, प्रेम र स्वतन्त्रताबाट उत्पन्न हुन्छ। यौन सम्बन्ध पराकाष्ठा हो तर प्रेम यौनसम्बन्धको अन्तिम विन्दु हुन सक्दैन तथापि पुरुष यौन सम्बन्धका लागि प्रेम गर्छन् भने महिलाहरु प्रेम प्राप्तिका लागि शारीरिक सम्बन्ध राख्न तयार हुन्छन् भन्ने यथार्थलाई भुल्न सकिँदैन। जीवनभरि चल्ने वैवाहिक सम्बन्धमा अनेकौं चुनौती छन्, धेरै मतभेद विद्यमान हुन्छन्। समस्या, कठिनाइ र बाधाको दबाबलाई व्यवहारको लचिलोपन, सल्लाह, सहयोग एवं दृढ संकल्पका माध्यमबाट हरेक दम्पतीले सहज रुपमा सामना गर्न सक्छन्। व्यक्ति स्वयं र अरुसितको उसको सम्बन्ध विभिन्न चुनौतीको अग्नि परीक्षाबाट गुज्रेर त्यसरी नै निखार पाएर सामुन्ने आउँछ जसरी भट्टीमा पग्लेर सुन। वैवाहिक सम्बन्ध गहिरो समुद्र हो त्यसलाई पार गर्नका लागि अहिलेसम्म कुनै साधनको आविष्कार भएको छैन। सुखी र सुमधुर दाम्पत्य जीवनका लागि सबैभन्दा महत्वपूर्ण कुरा एक अर्काका लागि तपाईं कुन हदसम्म परिवर्तन हुन तयार हुनुहुन्छ भन्ने हो। त्यो विवाह नै उदाहरणीय हुन्छ जुन दम्पती एक अर्काका कमी कमजोरीलाई स्वीकार मात्र गर्दैनन्, ती कमी कमजोरीलाई सुधार गर्न एक अर्कालाई सहयोग पनि गर्छन्। सफल विवाह त्यसलाई मानिन्छ जहाँ जीवनमा आइपरेका हरेक समस्यालाई दम्पतीले कुशलतापूर्वक समाधान गर्नसक्छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger