Widgets

Home » » एमाले क्षेत्रीय अधिवेशनमा तीन हेलिकप्टर चार्टर

एमाले क्षेत्रीय अधिवेशनमा तीन हेलिकप्टर चार्टर

Written By sangalo on Saturday, March 15, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

helicaptor

धादिङ, चैत्र २ - एमालेले क्षेत्रीय अधिवेशन उद्‌घाटनमा अतिथि ल्याउन/लान शनिबार तीनवटा हेलिकप्टर चार्टर गरेको छ । पार्टी उपाध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, सभासद राजेन्द्र पाण्डे र अधिवेशनका केही प्रतिनिधिलाई भव्यतासाथ अधिवेशनमा लगिएको हो । उनीहरू काठमाडौंबाट हेलिकप्टरमा कार्यक्रमस्थल आएका थिए । सदरमुकामबाट गाडीमा दुई घन्टामै पुग्न सकिने सल्यानकोट-८ मा भएको कार्यक्रममा जान फजुल खर्च गरिएकामा कार्यकर्ता नै असन्तुष्टि जनाइरहेका थिए । क्षेत्र नम्बर १ का अधिकांश गाविसमा मोटरबाटो पुगेको छ । त्यसमाथि राजधानीसँगै जोडिएको जिल्लामा हेलिकप्टरको तामझामसाथ नेता आएको भन्दै एक जिल्ला सदस्यले गुनासो गरे । सबैभन्दा पहिला गृहमन्त्री गौतम डाइनास्टिक एयरबाट आए । उनले कार्यक्रम उद्घाटन गरी भाषण गरिरहँदा श्री एयरलाइन्सबाट पाण्डे आइपुगे । उनीसँगसँगै फिस्टेल एयरबाट केही कार्यकर्ता अवतरण गरे । कार्यक्रमस्थल नजिकै बारीको गरामा तीनवटा हेलिकप्टर बसेपछि अधिवेशनमा आएका प्रतिनिधिहरूको भीड रमिता हेर्नतिर लागेको थियो । शुक्रबार साँझसम्म जिल्लामै रहेका सभासद पाण्डे शनिबार दिउँसो हेलिकप्टर चढेर आएका थिए । उनीहरू करिब एक/एक घन्टा अधिवेशनमा बसेर राजधानी फर्किए । केही समयअघि उक्त क्षेत्रमा एमाले नेता शिव थापाको हत्या भएको थियो । उनको शव लैजान गाडीसमेत समयमा व्यवस्था भएको थिएन । 'तर, पार्टी कार्यक्रममा तीन/तीनवटा हेलिकप्टर चार्टर गरेर नेताहरू आएको देख्दा अचम्म लाग्यो,' कार्यकर्ता अम्बिका रूपाखेतीले भनिन् । एमाले जिल्ला अध्यक्ष खेम लोहनीले भने प्रमुख अतिथि गौतमलाई मात्र पार्टीले हेलिकप्टर व्यवस्था मिलाएको दाबी गरे । 'अन्य साथीहरू आफैं व्यवस्था गरेर आउनुभएको हो,' उनले भने, 'अरू हेलिकप्टरमा आउने कुरा मलाई पनि थाहा थिएन । जिल्लाका तीनवटै क्षेत्रमा पार्टीले चुनाव जितेपछि साथीहरू उत्साही भएर हेलिकप्टर चढेको हुनसक्छ ।'श्रोत :कान्तिपुर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger