Widgets

Home » » विश्वकपमा नेपालको पहिलो पाइला पहिलो प्रतिस्पर्धा हङकङसँग

विश्वकपमा नेपालको पहिलो पाइला पहिलो प्रतिस्पर्धा हङकङसँग

Written By sangalo on Saturday, March 15, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ चैत, काठमाडौं । नेपाली खेलकुदमा आज ऐतिहासिक दिन । आज नेपाली क्रिकेट टोलीले पहिलो पटक ट्वान्टी-ट्वान्टी विशवकप क्रिकेटमा सहभागी हुँदैछ । नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ ।
National cricket team pix before leaving to ICC T-20 WORLD CUP 0033प्रतियोगिता बंगलादेशको चटगाउँ स्थित जोहार अहमद चौधरी स्टेडियममा साँझ सवा ७ बजे सुरु हुनेछ ।
समूह ‘ए’मा रहेको नेपालले हङकङसँगै चैत ४ गते साँझ सवा ७  बजे बंगदलादेशसँग र ६ गते अपरान्ह पौने ४ बजे अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
हङकङसँगको आजको खेलसँगै नेपालले विश्वकप खेल्ने टोलीका रुपमा आफूलाई चिनाउँने छ । नेपाली टोलीका कप्तान पारस खड्काले यो अवसर नेपाललाई विश्वभरि चिनाउने अवसर भएकाले डटेर प्रतियोगितामा सहभागी हुने बताएका छन् । कसैलाई कजोर नआक्ने भन्दै पारसले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने बताए ।
हङकङ र नेपाल दुवै राष्ट्र पहिलो पटक विश्वकपमा सहभागी हुन लागेका राष्ट्र हुन् । नेपालले गत नोभेम्बरमा युएईमा भएको खेलमा सहभागी भएर ट्वान्टी-ट्वान्टी विश्वकपको यात्रा पक्का गरेको थियो ।
समूहको शीर्ष स्थानमा पुग्ने टीम अर्को चरणको सुपर टेनमा पुग्नेछ ।
प्रतियोगिताको अनलाइनखबरले प्रत्यक्ष प्रशारण गर्नेछ ।श्रोत :अनलाइनखबर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger