Widgets

Home » , » मृत्युदण्डबाट जोगिए मलेसियामा नेपाली

मृत्युदण्डबाट जोगिए मलेसियामा नेपाली

Written By sangalo on Saturday, March 1, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

fasi

क्वालालम्पुर । आफनै कम्पनीमा कार्यरत साथीको हत्या अभियोग लागेका एक नेपाली मृत्युदण्डको सजायँबाट जोगिएका छन् । कम्पनीका सुपरभाइजरको हत्या गरेको अभियोगमा उनलाई मृत्युदण्डको सजायँ दिन माग गर्दै अदालतमा मुद्दा चलिरहेको थियो । मलेसियाको उच्च उदालतले उनलाई मृत्युदण्डको सट्टा १० वर्षको जेल सजायँ सुनाएको छ । जोहोरको तामान सन्तोषामा रहेको एक बेकरी कम्पनीमा कार्यरत धनुषा बेंगादवार-४ घर भएका सुरवीर गोलेलाई अदालतले उक्त सजाय सुनाएको हो । ६ सेप्टेम्बर २०१२ का दिन कम्पनीको सुपरभाइजर तान एई पिङको हत्या अभियोगमा उनी दुई वर्षअघि पक्राउ परेका थिए । मलेसियावाट प्रकाशित द सन पत्रिकाले जनाएअनुसार गोलेले छुरा प्रहार गरेकाले मृत्युमा उनी पनि दोषी देखिएको फैसलामा उल्लेख गरिएको छ । पिङले आफूलाई मानसिक तथा शारीरिक पीडा दिएको र चार महिनासम्म छुट्टीसमेत नदिएको बयान गोलेले अदालतमा दिएका थिए । उनको उक्त भनाई सीसीटीभी रेकर्डले समेत पुष्टि गरेको थियो भने प्रत्यक्षदर्शीले पनि गोलेमाथि सुपरभाइजरले अन्याय गरेको बयान दिएका थिए । सोही आधारमा अदालतले उनलाई मृत्युदण्डको सट्टा १० बर्ष कैद सजायँमात्र सुनाएको हो । ‘तिमीमाथि भएको अन्यया पनि हामीले महसुस गर्‍यौं’ इजलासमा न्यायाधीशले गोलेलाई भनेका थिए-’तर तिमीले जे गर्‍यौ, त्यो कानुनबिपरित हो, तिमीले कानुनको पालना गर्नुपर्छ ।’ आफुले हत्या गर्ने मनसायबाट छुरा नहानेको भन्ने उनको बयानले गर्दा अदालतले कैद सजायँ घटाइदिएको हो ।
स्रोत : अनलाईनखबर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger