Widgets

Home » » आजको राशिफल

आजको राशिफल

Written By sangalo on Sunday, February 16, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ। तर साँझको समयदेखि प्रतिकूल समय सुरु हुनसक्छ। आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ। खर्च बढ्ने छ, सावधानी अपनाउनु होला। रिसको कारणले असर पुर्याउला। जो सँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु होला।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिउँसोसम्म पारिवारिक समस्याले मन खिन्न भए पनि साँझपख मन भुलाउने उपायको खोजी हुनेछ। तपाईं विरुद्ध काम गर्ने व्यक्तिहरू आफैं परास्त हुनेछन्। इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन्। समयको प्रतीक्षा गर्नु होला। अब ज्ञानगुन र चिन्तनमननका लागि उचित समय आएको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन मिश्रित परिणाम प्राप्त हुने दिन हो। अपराह्नसम्म राम्रै दिन छ तर त्यसपछि अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ। शरीरमा अचानक आलस्यपना देखापर्ने छ। कामगर्न मन जानेछैन। सामान्य समस्याहरुले पिरोल्ने छ। आमा वुवाको स्वास्थ्यमा समस्या आउने सम्भावना छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामाजिक काममा संलग्न हुनुपर्ला। मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला। धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ। दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ। समय मध्यम खालको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन्। सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ। आज पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने अनुपम दिन हो।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अपराह्नसम्म दिक्क र झर्को लाग्दो दिन हुनेछ। गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुने योग छ। सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरु सकारात्मक देखिने छन्। बेलुकीपख मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरु जागृत हुनेछन्। कुनै खुसीको खबर प्राप्त गर्नुहुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन अपराह्नसम्म ठिकठिकै छ। महत्त्वपूर्ण कार्य दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु बेस हुनेछ। त्यसपछि प्रत्येक काममा अडचन आउने र ढिलो गरी कार्यसम्पादन हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
असल समय छ। प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ। मनोकाङ्क्षा पूर्ण हुनेछ। समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ। आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ। बरु सानातिना कामको झमेला आउनसक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समय मध्यम खालको छ। दुःखसुख, आयव्यय, लाभहानी, सफलता–असफलता, उस्तैउस्तै होला। सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ। नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ। आफूले ताकेअनुरूप तुरुन्त काम नबन्नाले दिक्क भने लाग्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज दिउँसोसम्म त्यति अनुकूल दिन छैन। तर परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ। घरमा बस्दा रातो लुगा लगाउनाले आज बौद्धिक र प्राज्ञिक क्षमताको बृद्धि हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिनको सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ। आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ। घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ। तर बेलुकीपख बिछोडको पीडाले मन बेचैन होला। के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कृषि, पशुपालन र दुग्धजन्य पेशामा संलग्न व्यक्तिका लागि आजको दिन त्यत्ति अनुकूल छैन। आज सबैका लागि प्रणयसम्बन्ध र रतिराग बढाउने समय हो, फकाउने र फुल्याउने काममा नै दिन बित्छ। भोगविलासमा मन जानेछ। आज चिताएभन्दा बढी कमाउने योग छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger