Widgets

Home » , » मेस्सी बने ला लिगाको तेस्रो सर्वाधिक गोलकर्ता

मेस्सी बने ला लिगाको तेस्रो सर्वाधिक गोलकर्ता

Written By sangalo on Sunday, February 16, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Messi
४ फागुन, काठमाडौं । बार्सिलोनाका स्टार फवार्ड लिओनल मेस्सी स्पेनिस ला लिगाको तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार राति भएको खेलमा रायो भालेकानोविरुद्ध बार्सिलोनालाई ६–० को जित दिलाउने क्रममा मेस्सीले दुई गोल गरेका थिए । यससँगै ला लिगामा मेस्सीको गोल संख्या २ सय २८ पुगेको छ, उनले कुल २ सय ६३ खेल खेलेका छन् । मेस्सीले गरेको गोल रियल मड्रिडका पूर्व स्टार राहुलको कीर्तिमानसँग बराबरी समेत हो । राहुलले ला लिगाको ५ सय ५० खेलमा २ सय २८ गोल गरेका थिए । २६ वर्षीय अर्जेन्टिनी स्टार मेस्सी अब ला लिगाको सर्वाधिक गोलकर्ता बन्न मात्र २४ गोलले पछि छन् । उनले २३ क्लब र अन्तराष्ट्रिय उपाधि जितिसकेका छन् भने लगातार चार पटक फिफा बालोन डि’ओर पाउन एक्ला खेलाडी समेत हुन् । ला लिगाको सर्वाधिक गोलकर्ता टेल्मा जारा हुन्, उनले २ सय ७७ खेलमा २ सय ५१ गोल गरेका छन् । दोस्रो सर्वाधिक गोलकर्ता ह्युगो सान्चेजले २ सय ३४ गोल गरेका छन् । रियल मड्रिडका स्टार क्रिष्टियानो रोनाल्डोले भने ला लिगामा १ सय ५५ गोल गरेका छन् ।
स्रोत : अनलाईनखबर 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger