Widgets

Home » » तपाइको आजको राशिफल

तपाइको आजको राशिफल

Written By sangalo on Sunday, February 23, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रतिकूल समय चल्दैछ। प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ। प्रेम सम्बन्धमा तिक्तता आउने योग छ। तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ। आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ। विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ। सन्तानपक्षको राम्रो माया मिल्नेछ। समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ। हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन्। झिनामसिना र सानातिना कामका लागि पनि निक्कै खट्नु पर्छ। कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनु पर्नेछ। आजको तपाईंको निर्णय क्षमताको भने प्रशंसा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज शैक्षिक प्रगतिका लागि ठूलो फड्को मार्न सकिने दिन हो, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन्। बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज अनावश्यक र झर्को लाग्दो यात्रा हुने सम्भावना छ। गुप्त र मानसिक रोगले सताउन सक्छ। अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन्। काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ। सचेत हुनु आवश्यक छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ। साथीभाई र नातागोताको सहयोग प्राप्त हुनेछ। भेटघाट र घुमघामको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
राम्रो समयको योग छ। गहना, कपडा वा धातुको कुनै वस्तु खरीद गर्दा लाभ प्राप्त हुनेछ। परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ। धार्मिक कार्यको लागि तपार्इं स्वयं लाग्नु पर्नेछ। विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ कामको लागि नयाँ अवसर आउनेछ। निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ। शुभ समाचार प्राप्त हुने योग छ। मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ। दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्। आफन्त र मित्रहरुसँग भेटघाट र रमाइलो गरिने छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ। हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ। स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना भएकाले आहारविहारमा विशेष ध्यान दिनु बेस हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ। आज दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ। आम्दानीमा कमी आउने छैन। व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ। समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले आज तपाईंले दिन बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले आज अलि बढी थाकेको अनुभूति गर्नेछन्। बेलुकाको वास वा खानपीन घरपरिवारभन्दा बाहिर हुने सम्भावना समेत छ। अध्ययन, अध्यापन र लेखनमा अभिरुचि हुनेछैन।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। ठूलाबडाले सहयोग गर्नेछन्। शुभ कुराको सङ्केत मिल्नेछ। यात्राको समय छ। लामो समयदेखि विरामी हुनुहुन्छ भने आज पूर्व वा दक्षिण दिशामा रहेको कुनै देवालयमा गई दर्शन गर्नुस् र दिनभरि झुठो नबोल्नोस् रोगबाट छिटै मुक्ति पाउनु हुनेछ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger