Widgets

Home » » बजारमा नक्कली हार्डडिस्क छ्याप्छ्याप्ती

बजारमा नक्कली हार्डडिस्क छ्याप्छ्याप्ती

Written By sangalo on Friday, July 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

hard disk

काठमाडौ, श्रावण ११ - डिजिटल डाटा स्टोरेज गर्ने हार्ड डिस्क बजारमा नक्कली पाइन थालेका छन् । यसले उपभोक्ताको डाटा असुरक्षित हुनुका साथै मूल्य र गुणस्तरमा ठगिने क्रम बढेको छ । बजारमा खास गरी डेस्कटप र ल्यापटपका हार्ड डिस्क नक्कली आउन थालेको वेस्टर्न डिजिटल (डब्लुडी) को आधिकारिक बिक्रेता मेगाटेकका सुरेश लोहनी बताउँछन् । धेरै प्रयोग हुने स्टोरेज डिभाइस कम्प्युटरमै जोडिने हार्डडिस्क हो । सुरुमा प्यारालल एड्भान्स टेक्नोलोजी एट्याचमेन्ट (पाटा) डिस्क चल्तीमा थिए । तिनको ठाउँ अहिले आधुनिक प्रविधिको सिरिएल एडभान्स टेक्नोलोजी एट्याचमेन्ट (साटा) हार्डडिस्कले लिएका छन् । नेपालमा धेरै बिक्री हुने डब्लूडीका भारत र दक्षिण एसिया निर्देशक सुब्रतो दास आफूहरूको प्रतिस्पर्धा नक्कली हार्ड डिस्कसँग रहेको बताउँछन् । 'हाम्रै कम्पनीको नाममा स्टिकर टाँसेर बजारमा हार्डडिस्क ल्याइएका छन्,' उनले भने, 'तिनले उपभोक्तालाई ठगिरहेका छन् । उनीहरूको डाटालाई समेत जोखिममा पारेका छन् ।' पुराना/बिगि्रएका हार्डडिस्कलाई मर्मत गरेर बजारमा ल्याउने गरिएको छ । त्यस्ता हार्डडिस्कमा भनेजति क्षमता नहुने, वारेन्टी नहुने र जुनसुकै बेला डाटा नष्ट हुन सक्ने डब्लूडीका निर्देशक दासको भनाइ छ । उनले हार्डडिस्क किन्नुअघि सक्कली भएको निश्चित गर्नुपर्ने बताए । 'हरेक व्यक्तिले आफ्नो सम्पत्तिलाई डिजिटलमा परिवर्तन गर्दै छन्,' मेगाटेकका लोहनीले भने, उनीहरूले आफ्नो स्टोर कति बलियो छ भन्ने थाहा पाउनुपर्छ ।' सानो भुलले वर्षौंको मेहनत खेर जान सक्ने उनले बताए । सक्कली हार्डडिस्कमा सिरियल नम्बर र उत्पादन मिति उल्लेख हुन्छ । मेगा टेकले डब्लूडीको हार्डडिस्क सक्ककली हो/होइन भन्ने जानकारी एसएमएसबाट दिने व्यवस्था गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger