Widgets

Home » » भ्रूण हत्या बढ्दो

भ्रूण हत्या बढ्दो

Written By sangalo on Friday, July 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

bhrun

बाँके, श्रावण ११ - सामाजिक मान्यता बाहिरका यौन सम्बन्ध र छोराका आसमा छोरी जन्मेपछि बेवारिसे अवस्थामा फाल्ने गलत प्रवृत्ति बाँकेमा बढ्दै गएको छ । वर्षमा यस्ता ५/६ बच्चा बेवारिसे भेटिएर भेरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने गरिएका छन् । अघिल्लो महिना जनक शिक्षा सामग्री केन्द्र, नेपालगन्जअघिको झाडीमा बेवारिसे नवजात शिशु फेला परेको थियो । निर्दयी आमाले अस्पतालमा सुरक्षित सुत्केरीपछि शिशुलाई झाडीमा फालेेको अस्पतालले जनाएको छ । सुत्केरीपछि बच्चालाई बेर्ने कपडा र नाइटो काटेर बाँधेको धागो अस्पतालमै भेटिएको थियो । चार/पाँच दिनअघि जन्मिएको शिशुलाई आमाले नियतवश फालेको प्रहरीले जनाएको छ । 'यौन सम्बन्ध वा छोरी भएकै कारण बच्चालाई झाडीमा फालिएकोमा कुनै शंका छैन,' बेवारिसे अवस्थामा फालिएकी बच्चीको उपचारमा खटिएकी भेरी अञ्चल अस्पतालका स्टाफ नर्स शान्ता उप्रेतीले भनिनन् । बेवारिसे बच्चामध्ये अधिकांश छोरी हुने गरेको उनले सुनाइन् । 'छोरालाई झाडी, नाली वा जंगलमा फालेका घटना निकै कम हुन्छन्,' उप्रेतीले भनिन्, 'यौन सम्बन्धले बच्चा जन्मिएकाले छोरालाई पनि फाल्ने गरेको घटना आउँछन् ।' उनले भनेजस्तै केही महिनाअघि भेरी अञ्चल अस्पतालमा छोरी जन्माएपछि एक महिला बच्चा छाडेर फरार भएकी थिइन् । प्रहरीले बच्चा छोडेर भाग्ने महिलाको खोजी गरे पनि नभेटेपछि कानुनी प्रक्रिया पूरा गरी अर्काको जिम्मा लगाएको थियो । त्यसअघि नेपालगन्ज १ स्थित शिवमन्दिर नजिकैको सडकमा ३ महिनाको बच्चा बेवारिसे भेटिएको थियो । जिल्ला प्रहरीको गस्ती टोलीले बच्चा रोइरहेको फेला पारेर अस्पताल पुर्‍याएको थियो । उक्त बच्चा अवैध सम्बन्धबाट जन्मिएकाले फालिएको हुन सक्ने प्रहरीको शंका छ । त्यस्तै अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि बाँके मनिकापुर ८ बस्ने कृष्णादेवी खत्रीले हत्या गरेकी थिइन् । त्यसो त कानुनले महिलाको मन्जुरीले १२ साताको गर्भलाई पतन गर्ने अधिकार दिएको छ । त्यसैलाई आधार मान्दै भ्रूणको पहिचान गरी गर्भपतन गराउनेको संख्या पनि बढ्दै गएको छ । गर्भमा छोरी भए लिंग पहिचान गरी गर्भपतन गराउने र जन्मिहालेमा फाल्ने प्रवृत्ति बढेको छ । 'वर्षमा ५/६ वटा यस्ता घटना अस्पतालमा आइरहेका हुन्छन्,' भेरी अञ्चल अस्पताल प्रमुख डा. पीताम्बर सुवेदीले भने, 'धेरै छोरी हुने दम्पती र अवैध यौन सम्बन्धले बच्चा जन्मिएपछि फाल्ने प्रवृत्ति छ ।' प्रहरीले भने बेवारिसे अवस्थामा बच्चा फाल्ने दम्पतीको खोजी भइरहेको जनाएको छ । अस्पतालमा सुत्केरी हुँदा नियत खराब भएकाले गलत नाम लेखाएका कारण अनुसन्धानमा समस्या हुने गरेको प्रहरीको दाबी छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger