Widgets

Home » » बिकेकै हो त जीया र सोनियाको जवानी ?

बिकेकै हो त जीया र सोनियाको जवानी ?

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘एटीएम’ले देशभरका हलमा राम्रो सुरुवात गरेको निर्माता दिनेश थापाले बताएका छन् । काठमाण्डौका अधिकांश हलमा सिनेमाले हाउसफुलको ओपनिङ गरेको निर्माता दिनेश थापाले दाबी गरे ।यादव सिलवालको निर्देशनमा तयार भएको यो सिनेमामा जीया केसी, सोनिया शर्मा, सविना कार्की, दिनेश थापा लगायतका कलाकारको अभिनय छ । प्रदर्शन अगावै अश्लिलताको पगरी गुँथेको यो सिनेमालाई सेन्सर बोर्डले प्रदर्शनमै रोक लगाएको थियो । तर निर्माताले पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले सिनेमा चलाउन दिनु भनेपछि ‘एटीएम’ले सोलो प्रदर्शनको अवसर पाएको हो ।
चलचित्रले काठमाण्डौको गुण, गोपी, कलंकी, अष्टनारायण, बाराही, पुष्पाञ्जली लगायतका हलमा हाउफुल सुरुवात गरेको निर्माता थापाको भनाई छ । यस्तै मोफसलमा पनि एटीएमको व्यापार राम्रो रहेको बताइएको छ । अत्याधिक चर्चा पाएकाले पनि एटीएमले इनिशियल व्यापार गरेको देखिन्छ । सिनेमाको व्यापारको वास्तविक आँकडा आइतबार पछि स्पष्ट देखिनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger