भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘टीचर’को च्यारेटी शो सुरु भएको छ । चलचित्रको विशेष च्यारेटी शो काठमाण्डौको कलंकी हलमा गरिएको छ । बाफलमा रहेको राइजिङ स्टारका विद्यार्थीहरुले सिनेमा हेरेका हुन् । टीचर र विद्यार्थीको सम्बन्धको बिषयमा तयार भएको यो सिनेमामा कुशल थापा, शोभितकी छोरी सलिना बस्नेतको मुख्य भूमिका छ ।
चलचित्रको च्यारेटी शो मा ७०० जना विद्यार्थीहरु सहभागी थिए । सहभागी विद्यार्थी तथा शिक्षकहरुले ‘टीचर’लाई मन पराएको र सबैले हेर्नु पर्ने सिनेमा भनेर प्रतिक्रिया दिएका थिए । सिनेमाको काठमाण्डौ भित्र र बाहिरका विभिन्न विद्यालयमा च्यारेटी गरिने निर्देशक बस्नेतले बताए ।

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.