भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
फेसबुक विश्वको नम्वर एक सोसल नेटवर्किङ साइट हो । यसका १ अर्ब १५ करोड भन्दा बढि सक्रिय प्रयोगकर्ता छन् । फेसबुक प्रयोगकर्ताको संख्या दिन दिनै बढिरहेको छ । विश्वभरका सबैजसो देशमा फेसबुकका प्रयोगकर्ता छन् । तर फेसबुक चलाउनेमध्ये सबैभन्दा धेरै भारतीयहरु रहेको छन् ।
पछिल्लो तथ्यांकले एक महिनामा कम्तिमा एक पटक फेसबुक चलाउने सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब १५ करोड रहेको देखाएको छ । विश्वमा एक दिनमा ६९ करोड ९० लाख जनाले फेसबुक चलाउने गरेको पाइएको छ । गएको मार्च यता दैनिक फेसबुक चलाउनेको संख्यामा २७ प्रतिशतले बढोत्तरी भएको हो ।
तथ्यांक अनुसार फेसबुक प्रयोगकर्तामध्ये धेरैले मोबाइलबाट फेसबुक चलाउने गरेका छन् । मोबाइलबाट फेसबुक चलाउने मासिक सक्रिय प्रयोगकर्ताको संख्या ८१ करोड ९० लाख छ भने दैनिक मोबाइलबाट फेसबुक चलाउनेहरु ४६ करोड ९० लाख छन् ।
सन् २०१३ को दोश्रो त्रैमासिकको तथ्यांक अनुसार एसियाली क्षेत्रमा फेसबुक प्रयोगकर्ताको संख्यामा निकै वृद्धि भैरहेको छ । गएको मार्च महिनाको तथ्यांक अनुसार भारतमा कम्तिमा एक महिनामा एक चोटी फेसबुक खोल्ने सक्रिय प्रयोगकर्ताको संख्या ७ करोड ८० लाख थियो । त्यस्तै ब्राजिलमा ७ करोड ३० लाख थियो । यो संख्या वर्तमानमा अझै बढेको अनुमान गरिएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.