Widgets

Home » » Internet ब्राउजर सम्बन्धी केही उपयोगी टिप्सहरु

Internet ब्राउजर सम्बन्धी केही उपयोगी टिप्सहरु

Written By sangalo on Wednesday, May 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


ईन्टरनेटमा केही कुरा ब्राउज गर्दा समयको बचत गर्न सकिए धेरै राम्रो कुरा हो , आजकालको ब्राउजरहरुमा यस्तो केही सर्टकटको सुबिधा उपलब्ध छ जसको प्रयोग गरेर तपाईंले चाडै वेब पेज खोल्न र समयको बचत गर्न सक्नु हुन्छ । यहाँ यस्तै केही टिप्सहरु दिने प्रयास गरिएको छ जुन तपाईंलाई काम लाग्न सक्छ । १ वेब पेजमा आफुले चाहेको शब्द कसरी खोज्ने ? यहाँ सर्च ईन्जिनको बारेमा कुरा गर्न खोजेको होइन , जब तपाईं कुनै वेब पेज भित्र हुनु हुन्छ तपाईंले Edit मेनु मा गएर find on this page गरेर वा Ctrl+F थिचेर उक्त वेब पेजमा आफुलाई चाहिएको शब्द टाईप गरेर खोज्न सक्नु हुन्छ । तपाईंले Ctrl+F थिचेर त्यहा शब्द टाईप गरेर Enter थिचे पछि उक्त शब्द र पछि Enter Enter थिच्दै जादा त्यो शब्द सँग मिल्ने अरु पनि highlight हुँदै जान्छन । वास्तवमा यो एउटा सजिलो उपाए हो । २ वेब पेजको लिन्कहरुलाई खोल्दा open in new window मा खोल्ने गर्नुस् हामी सबैलाई यो थाहा छ कि बेब पेजमा भएको लिन्कमा क्लिक गर्दा उक्त लिन्क सँग सम्बन्धित नयाँ पेजमा लैजान्छ । यहाँ समस्या यो हुन सक्छ कि तपाईंले खोल्नु भएको मुल पेजको लिन्कहरुमा क्लिक गर्दै जादा मुल पेज हराउन सक्छ । हुन त ब्राउजरको History मा गएर त्यो पेजलाई फेरी फर्काउन त सकिन्छ तर तपाईंको समय यसले धेरै लिन्छ । त्यसैले मुल पेज पछि त्यसमा भएको अर्को पेजको लिन्क खोल्नु पर्दा उक्त लिन्क मा माउसको Right क्लिक गरेर open in new window मा क्लिक वा Ctrl थिचेर उक्त नयाँ लिन्कमा क्लिक गर्दा अर्को पेजमा उक्त लिन्कको पेज खुल्नेछ र तपाईंको मुल पेज सुरक्षित हुन्छ । ३ वेब Address टाईप गर्ने सर्टकट तपाईंले Internet Explorer वा Firefox खोलेर Address बारमा कुनै साईटको Url Address टाईप गर्न सक्नु हुन्छ तर address बारमा माउस लगेर क्लिक गर्नु भन्दा छिटो तपाईंले कि बोर्डको सर्ट्कटको प्रयोग गरेर त्यही काम गर्न सक्नु हुन्छ । Ctrl+L थिच्नुस् र Open भएको बक्समा तपाईंले खोल्न चाहनु भएको पेजको Address टाईप गर्नुस् । ४ वेब पेजको आकार वेब पेजहरुको आकार डिजाईन अनुसार फरक फरक हुन्छ । कुनै कुनै पेज तपाईंको ब्राउजर सँग साइज नमिलेर आकार सानो ( अक्षर सानो ) भएर पढ्न असजिलो हुन सक्छ त्यसैले तपाईंले Ctrl प्रेस गरेर माउसको Scroll कि लाई तल माथि घुमाएर पेजको आकार परिवर्तन गर्न सक्नु हुन्छ । ५ वेब पेजलाई Maximize गर्ने वेब पेज खुल्दा माथि धेरै बारहरु जस्तै Toolbar , bookmarks bar , tabs and menu items वा कहिले काही वेब पेजका धेरै Content हरु हुन्छन । हुन त scrool bar लाई तल माथि गरेर तपाईंले हेर्न सक्नु हुन्छ तर कहिले काही स्क्रीनमा ठाउँ नभएर सबै नदेखिन सक्छ यसको लागि तपाईंले F11 कि थिचेर पेजलाई Maximize गर्न सक्नु हुन्छ र फेरी F11 कि नै थिचेर पेजलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ । यो उपाए पनि तपाईंलाई उपयोगी हुन सक्छ । ६ Right click गर्न नबिर्सिनुहोस् Right click गरेर तपाईंले पेजको धेरै उपयोगी Tools गरु प्रयोग गर्न सक्नु हुन्छ जस्तै Refresh , Save Target As , Print , Back आदी । यो option हरु ब्राउजर अनुसार फरक फरक हुन सक्छ तर त्यहा तपाईंलाई उपयोगी धेरै Shortcuts हरु हुन्छ । त्यसैले यो option लाई अबस्य पनि Try गर्नुहोस् । तपाईंले ब्राउजर चलाऊदा यि केही Tips हरुलाई प्रयोग गर्नेबानी गर्नु भयो भने अबस्य पनि तपाईंले केही समयको बचत गर्न सक्नु हुनेछ । तपाईंले चलाऊनु भएको ब्राउजर सम्बन्धी अरु पनि धेरै टिप्सहरु उक्त ब्राउजरको Help tab मा गएर हेर्न सक्नु हुन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger