भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

युवा पुस्ताबीच फेसबुक निकै लोकपि्रय छ । सामाजिक संजाल फेसबुकका एक अर्ब बढि प्रयोगकर्तामध्ये धेरै युवाहरु नै छन् । त्यसैले युवापुस्ताले फेसबुकलाई निकै रुचाउँछ भन्ने आम मान्यता हो । तर पछिल्लो अध्ययनले फेसबुकका युवापुस्ताका प्रयोगकर्ताले फेसबुकलाई पि्रय सामाजिक संजाल ठान्नुको साटो यसलाई एक सामाजिक बोझको रुपमा लिने गरेको देखाएको छ । पिउ रिसर्च सेन्टरले गरेको अध्ययन अनुसार खासगरी किशोरकिशोरीले फेसबुकलाई वाहियात ठान्दै गएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीमा गरिएको अध्ययनका क्रममा फेसबुकले आफ्नो सफलताको लागि योगदान गरेका मुख्य जनसंाखिक समूहको विश्वास गुमाइरहेको देखिएको छ । पछिल्लो समयमा खासगरी विकशित देशहरुमा किशोरकिशोरीहरुले फेसबुक त्यागेर टि्वटर, माइस्पेस तथा इन्स्टाग्राम जस्ता सामाजिक संजाल तर्फ आकषिर्त हुन थालेका छन् । फेसबुकमा गोप्यता भन्ने कुरा निकै कम हुने भएकाले पनि किशोरकिशोरीहरु फेसबुकबाट बसाइ सर्ने क्रम बढेको बताइएको छ । त्यसैले फेसबुक आफ्ना अभिभावकको बलमिच्याइँ हुने साइट रहेको र यसले अनावश्यक सामाजिक नाटकको सुत्रपात गर्ने ठम्याइ किशोरकिशोरीहरुको छ । तर फेसबुकले भने यस्तो अध्ययनको निष्कर्ष ठाडै अस्विकार गर्दै अहिलेपनि आफ्ना धेरै प्रयोगकर्ता युवा पुस्ता नै रहेको र फेसबुकबाट युवापुस्ता सन्तुष्ट रहेको दाबी गरेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.