Widgets

Home » » डनको पक्ष र विपक्षमा एमालेभित्र कुटाकुट

डनको पक्ष र विपक्षमा एमालेभित्र कुटाकुट

Written By sangalo on Wednesday, May 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ जेठ, बिराटनगर । नेकपा एमाले कोशी अञ्चल प्रमुख राजेन्द्र गौतमले अदालतले दोषी ठहर नगर्दासम्म पर्शुराम बस्नेतलाई पार्टीबाट हटाउन नमिल्ने बताउनुभएको छ । गौतमकै दबावका कारण मंगलबार मोरंग जिल्ला कमिटीको बैठकमा बस्नेतको मुद्दाले एजेन्डाका रुपमा प्रवेश पाएन । बस्नेत समर्थक कार्यकर्ताले अर्को पक्षलाई कुर्सी प्रहार गरेकै भरमा डनविरुद्धको प्रस्ताव दर्ता गर्न दिएनन् ।
यसरी भयो झगडा
parsuram basnetनेकपा एमालेले २ सय ४० वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएपछि मंगलबार मोरंगका ९ वटै चुनावक्षेत्रका केन्द्रीय प्रतिनिधि एवं जिल्ला कमिटीका सचिवायल सदस्यहरुको बिराटनगरमा बैठक राखिएको थियो । बैठकमा पार्टी अध्यक्ष महेश रेग्मीले चुनावी एजेन्डा माइन्युटमा लेखिसकेपछि अरु केही एजेन्डा छन् कि भनेर सोध्नुभएको थियो । अध्यक्षको प्रश्नपछि जिल्ला सदस्य पारुल क्षेत्रीले बिराटनगरमा रहेको भारतीय कार्यालय हटाउने र पर्शुराम बस्नेतलाई मुद्दा परेको विषयमा के गर्ने भन्ने एजेन्डामा पनि छलफल हुनुपर्ने बताउनुभएको थियो । त्यसपछि अर्का सदस्य मानबहादुर श्रेष्ठले सुकुम्वासी समस्याका विषयमा पनि छलफल गर्नुपर्ने माग गर्नुभएको थियो ।
पारुलले पर्शुराम बस्नेतको कुरा उठाउना साथ गौतमले अदालतले फैसला गरिनसकेको अवस्थामा पार्टीबाट हटाउन नमिल्ने जिकिर गर्नुभयो । त्यसैगरी भारतीय कार्यालयबारे केन्द्रले निर्णय गर्ने हँदा जिल्लामा छलफल गर्नु नपर्ने गौतमले बैठकमा बताउनुभयो । तर, त्यहीबेला एमाओवादीमा कुस्त सम्पत्ति कमाएर एमालेमा प्रवेश गरेका विजय कामतले पर्शुरामलाई कारवाही गर्न नमिल्ने भन्दै कराए । त्यसपछि पारुलले देशमा यत्रा घटना भइरहेका बेला पर्शुरामलाई समर्थन गर्ने कि विरोध गर्ने भन्नेबारे बैठकले छलफल गर्नैपर्ने जिकिर गर्दै त्यसो नगरे आफूले पत्रकार सम्मेलन गर्ने धम्की दिँदैगर्दा पछाडिबाट कसैले पारुलमाथि कुर्सी उठाएर प्रहार गर्यो । त्यसलगत्तै ओली पक्षका जिल्ला नेता ऋषि पोख्रेलले टेबुल उठाएर हान्ने प्रयास गरे ।
चुनाबी रणनीति तयार पार्न बसेको एमाले बैठक केहीबेर रणभूमिजस्तो बन्यो । केहीबेरको हानाहानपछि पर्शुराम बस्नेतबारे छलफल नगर्ने शर्तमा बैठक सुचारु भएको सहभागी एक नेताले बताए । डनका पक्षमा वकालत गर्दै बसेको बैठमा एमाले नेता भीम आचार्य, लालबाबुु पण्डित, यशोदा अधिकारी, जगदीश कुसयित, प्रेम दंगाल, धर्म निरौलालगायत ५ दर्जन बढी सहभागी थिए ।
झगडापछिको निर्णय
बैठकले ११ गते बिराटनगरको वीरेन्द्र सभागृहमा महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यस्तै ९ देखि १५ गतेसम्म जिल्लाका ९ वटै निर्वाचन क्षेत्रमा प्रशिक्षण र सभा आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
चुनावका लागि छिमेकी जिल्ला मोरंगमा खटिएका सुनसरी र तेह्रथुमसम्मका ९ जना केन्द्रीय प्रतिनिधिहरुमा १ नं क्षेत्रदेखि ९ नम्बरसम्म क्रमशः धर्म पौडेल, प्रम दंगाल, भीम आचार्य, गंगा डाँगी, जगदीश कुसयित, हर्कमान तामाङ, पोष्टकुमार, धर्म निरौला र भवानी खापुङलाई खटाइएको एमाले मोरंगले जनाएको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/05/73655/#sthash.OiRQTQQg.dpuf

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger