भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चिठीपत्र पूराउने हुलाकीका लागि विश्वमा सबैभन्दा जोखिमपूर्ण सहर कुन होला ? विश्वकै जोखिमपूर्ण सहरको बारेमा त थाहा भएन तर अमेरिकामा हुलाकीका लागि सबैभन्दा खतरनाक सहर भने लस एन्जल्स हो ।
अमेरिकी हुलाक सेवा कार्यालयका अनुसार लस एन्जल्स कुकुरको आक्रमणका कारण हुलाकीहरुका लागि सबैभन्दा जोखिमपूर्ण सहर बनेको छ । लगातार दोश्रो वर्ष सबैभन्दा जोखिमपूर्ण सहरको उपाधि उचालेको लस एन्जल्समा हुलाकीहरु बारम्बार कुकुरको टोकाइबाट प्रताडित हुने गरेका छन् ।
लस एन्जल्समा सन् २०१२ मा हुलाकीलाई कुकुरले टोकेका ६९ वटा घटना सार्वजनिक भए । जबकी वासिंटन, सन एन्टोनियो तथा सेयटल संयुक्त रुपमा दोश्रो स्थानमा रहे । ती सहरमा ४२-४२ जना हुलाकीलाई कुकुरले टोक्यो । तेश्रो स्थानमा रहेको सिकागोमा ४१ जना हुलाकी कुकुरको तारो बने । अमेरिकाभर गरेर अघिल्लो वर्ष हुलाकीलाई कुकुरले टोकेका ५ हजार ८ सय ७९ वटा घटना भएका बताइएको छ ।
अमेरिकी हुलाक सेवा कार्यालयकी प्रवक्ताले कुकुरपाल्ने घरधनीको लापरवाहीका कारण यस्ता घटना बढिरहेको बताइन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.