भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
वैज्ञानिकहरुले मानिसको मोटोपन तथा मधुमेह नियन्त्रण गर्न उपयोगी हुने व्याक्टेरिया पत्ता लगाएका छन् । बेल्जियमस्थित क्याथोलिक युनिभर्सिटी अफ लुभेनका शोधकर्ताहरुले एकरमेन्सिया म्यूसिनीफिला प्रजातिको ब्याक्टेरिया पेटमा हुर्किएर मोटोपन तथा मधुमेहको खतरा कम गर्ने तथ्य पत्ता लगाएका हुन् ।
प्रोसिडिंग्स अफ नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित उक्त शोधका अनुसार अनुसन्धानको क्रममा जिवाणुको त्यो प्रजातियुक्त खाना खुवाएपछि मुसाको स्वास्थ्यमा नाटकीय सुधार आएको थियो ।
वैज्ञानिकहरुका अनुसार त्यो ब्याक्टेरिया पेटको भित्री झिल्लीको संरचना तथा कार्यमा बदलाव ल्याउँछ र खाना पच्ने तरिकामा सन्तुलन कायम गर्छ । यो ब्याक्टेरिया मानिसको पेटमा हुर्किएर मानिसको मोटोपन घटाउन कत्तिको कामयावी हुन्छ भन्ने कुरा पुष्टि गर्न थप अनुसन्धानको आवश्यकता रहेको उनीहरुको भनाइ छ । स्मरण रहोस् मानिसको सरीरमा अनगिन्ती जिवाणु रहेका हुन्छन् र त्यस्ता जिवाणुको संख्या सरीरका कोषको संख्याभन्दा दश गुणा बढि हुन्छ ।
यो ब्याक्टेरिया पनि मानिसको लागि लाभदायी व्याक्टेरिया रहेको भन्दै शोधकर्ताहरुले पेटमा रहने यस्ता विभिन्न व्याक्टेरियाको सन्तुलनले नै मानिसको स्वास्थ्य राम्रो राख्न मद्दत पूराउने बताउँछन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.