भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


डा मोहम्मद कोयाले लीलारामको स्वास्थ्य परिक्षण पश्चात उनलाई ब्रेन ट्युमर भएको पत्ता लगायो । ब्रेन ट्युमरको उपचार मुबारक अस्पतालमा हुन नसक्ने भएपछि डा कोयाले साउदीको सरकारी अस्पताल, किङ खालिद अस्पतालमा रिफर गरे । लीलाराम अवैध रुपमा साउदीमा रहेको कारणले गर्दा किङ खालिद अस्पतालले उनलाई भर्ना गराउन अस्विकार गर्यो । लीलाराम अवैध रुपमा साउदीमा रहेको कारणले अव उनको उपचार कुनै पनि अस्पतालमा हुन नसक्ने निश्चित भएपछि लीलारामको नेपाल फिर्तीको लागि मोहन बानियाकै पहलमानेपाली दूताबास रियाद ल्याइयो । लीलारामको स्वास्थ्य स्थिति देखाएर उनलाई नेपाल पठाउन दूताबासको पहलमा सबै प्रकृया पुरा गर्यो ।
लीलारामको स्वदेश फिर्तीको लागि सबै प्रकृया सकिए लगत्तै उनको हवाई टिकटको लागि स्वयम् बानिया विभिन्न ट्रावल एजेन्सीहरुमा पुग्नु भयो । तर, ओमन एअरले बाहेक अरु कुनै पनि जहाजले उनलाई टिकट दिन मानेन । तर, ओमन एअरले पनि उनलाई बिशेष व्यवस्था गरि नेपालसम्म पुर्याउनु पर्ने भएको हुँदा साउदी रियाल १६ हजार ५ सय ४७ अथवा तीन लाख असि हजार पाँच सय एकासी नेपाली रुपैयाँ तिर्नु पर्ने बुझिएको छ । मोहन बानियाका छिमेकीहरुले यस्तो मान्छे अब यहाँ नराख्नु, अवैध मान्छेलाई तलमाथि भयो भने हामी सबैलाई समस्या पर्न सक्छ भने पछि बानियाजीले लीलारामको आफन्त काका मित्र सारुमगर जो रियाद देखि पन्ध्र सय किलो मिटर टाढा, सकाका रहनु हुनेलाई बोलाएर जिम्मा लगाउनु भयो । बुधबार मात्रै नेपाल आदिवासी जनजाति महासंघ साउदीका अध्यक्ष हुम सुनारी मगरलाई सम्पर्क गरी बिरामीको बारेमा जानकारी गराइयो ।
दूताबासको बाहिर सुताइएको लीलारामलाई भेट्न सुनारी मगर पुगेर महामहिम राजदूतसँग परामर्शगरि उनलाई नेपालसम्म पुर्याउने आवश्यक खर्च नजुट्दा सम्मको लागि दूताबासको पहलमा एम्बुलेन्स बोलाई समैसी अस्पतालमा राखिएको छ । लीलाराम सारुमगरलाई जति सक्दो चाँडो नेपाल फर्काउनको लागि अहिले साउदीमा स्थापित विभिन्न संघ संस्थाहरु, ब्यबसायी तथा विभिन्न व्यक्तित्वहरुमा आर्थिक सहयोगको लागि हार्दिक अनुरोध समेत गरिएको छ
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.