भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

काठमाडौं, जेष्ठ १० - प्रमुख दलहरुबीच संविधानसभामा एक प्रतिशत थ्रेसहोल्ड राख्ने सहमतिबाट एमाओवादी पछि हटेको छ । निर्वाचन आयोगमै भएको अर्को बैठकमा साना दलले थ्रेसहोल्ड राख्ने प्रमुख दलको निर्णयप्रति असहमति जनाएपछि एमाआवादीले 'थ्रेसहोल्ड' राख्न नहुने बताएको हो । पछिल्लो समय उसले संविधानसभा निर्वाचनमा थ्रेसहोल्ड आवश्यक नभएको तर्क गर्न थालेको छ । त्यही निर्णयमा टकेर कांग्रेस, एमालेले बुधबार थ्रेसहोल्ड राख्ने निर्ण्य गरेका थिए । एमाओवादीले भने दुई पार्टीको 'थ्रेसहोल्ड' राख्ने निर्णयप्रति आपत्ति जनाएको छ । अध्यक्ष पुष्पकमल दाहालले बिहीबार आफू निकट नेताहरुसंग कांग्रेस, एमालेको निर्णयप्रति आपत्ति जनाएका हुन् । उनले 'थ्रेसहोल्ड' को अडान ल्याउनुको पछाडि निर्वाचन नगर्ने मनसाय लुकेको बताएका छन् । सरकारले आगामी साताभित्र निर्वाचनको घोषणाको तयारी गरिरहेका भन्दै उनले अप्ठ्यारो पार्न खोजेको समेत आरोप लगाए । 'संविधानसभा निर्वाचनको मिति घोषणको तयारी भइरहेका बेला थ्रेसहोल्डको बिवाद ल्याउनु गंभीर छ' दाहालको भनाइ उद्धृत गर्दै निजी सचिब चूडामणि खड्काले भने, 'यो निर्वाचन बिथोल्ने मनसाय हो ।' उनले संविधानसभा निर्वाचनमा थ्रेसहोल्डको अडान राखेर साना दल र पिछडिएको समुदायलाई बाहिर राख्न खोजेको भनाइ थियो । उच्चस्तरीय राजनीतिक समितिमा छलफल गरी टुंगोमा पुग्नुपर्नेमा दुई पार्टीले अडान कसिलो बनाएको आरोप एम्ााओवादीको छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन भएका साना दलले थ्रेसहोल्ड एक प्रतिशत राख्ने निर्णयको साना पार्टीले बिरोध गरेपछि एमाओवादीले त्यो आवश्यक नभएको बताउन थालेको हो । संविधानसभा सदस्यबारे भने एमाओवादीको खास आपत्ति छैन । एमाओवादीले साना दललाई समेट्ने भन्दै थ्रेसहोल्डको बिपक्षमा उभिएको हो । जसका कारण दलहरुबीच निर्वाचनसम्वन्धी ऐनमा सहमति हुन नसकी निर्वाचनको मिति घोषणा हुन सकेको छैन । उसले कांग्रेस, एमालेले अनुकूल वातावरण भएपछि निर्वाचन गर्न चाहेको आरोप समेत लगाएको छ । 'कांग्रेस, एमालेले मूल ढोका बन्द गरेर झ्यालबाट चुनावको कुरा गरिरहेको देखिएको छ' महासचिब पोष्टबहादुर बोगटीले भने, 'उनीहरुले एजेण्डा कसिलो बनाउदै लगेर चुनावमा जान नखोजेको हो कि भन्ने आशंका बढेको छ । आफ्नो अनुकूलतामा चुनाव गराउन खोजेको देखिन्छ ।' उनले आगामी साताभित्र अन्तरिम चुनावी मन्त्रिपरिषद्ले निर्वाचनको मिति घोषणा गर्नुपर्ने भनाइ पार्टीको भएको बताए । सरकार त्यही तयारीमा भए पनि कांग्रेस, एमालेको पछिल्लो निर्णयले अप्ठ्यारोमा पारेको बोगटीको भनाइ छ । दाहालका स्वकीय सचिब खड्काले बिहीबार राजनीतिक समिति बैठक बोलाउन आग्रह गरे पनि कांग्रेस, एमालेले अस्वीकार गरेको बताए । दाहालले राजनीतिक समितिको बैठकमा कांग्रेस, एमालेको थ्रेसहोल्डमा कायम रहने निर्णयप्रति आपत्ति जनाउने मनस्थिति बनाएका थिए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.