भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
प्रयोगकर्ताको अकाउण्टलाई सुरक्षित बनाउन माइक्रोब्लगिङ साइट टि्वटरले थप सुरक्षाको उपाय अपनाएको छ । अनधिकृत प्रयोग रोक्न तथा ह्याकरहरुबाट हुने आक्रमणलाई कम गर्न टि्वटरले यस्तो सुरक्षा रणनीति अख्तियार गरेको बताएको छ ।
बुधबार आफ्नो ब्लगमार्फत जानकारी दिँदै टि्वटरले अब प्रयोगकर्ताहरु आफ्नो अकाउण्टलाई थप सुरक्षित बनाउन लगइन भेरिफिकेसन प्रोग्राममा आबद्ध हुनसक्ने उल्लेख गरेको छ । यस अनुसार टि्वटरमा साइनअप गर्ने प्रयोगकर्तालाई अब ६ अंकको कोड टेक्स्ट म्यासेजबाट पठाइनेछ । त्यसपछि प्रयोगकर्ताले आफ्नो टि्वटर अकाउण्टमा प्रवेश गर्दा युजर नेम र पासवर्डका साथै उक्त भेरिफिकेसन कोड पनि हाल्नुपर्ने हुन्छ ।
यसलाई टू स्टेप भेरिफिकेसन भनिन्छ जसलाई माइक्रोसफ्ट, गुगल र फेसबुकले यसअघि नै प्रयोगकर्ताका लागि ऐच्छिक रुपमा प्रयोगमा ल्याइसकेका छन् । यस्तो सुरक्षा अस्त्र नभएको भन्दै पछिल्ला दिनमा टि्वटरको आलोचना हुँदै आएको थियो । खासगरी पछिल्लो समयमा मुख्य समाचार एजेन्सी तथा केही कम्पनीको टि्वटर अकाउण्ट ह्याक भएपछि टि्वटरको सुरक्षामा प्रश्न उठेको थियो ।
यो सुरक्षा रणनीति लागु भएपछि अब टि्वटरले प्रयोगकर्तालाई हरेक पटक लगइन र लगआउट गर्दा भेरिफिकेसन कोड प्रयोग बाध्यकारी बनाउनेछ । जुन फेसबुक तथा गुगल प्लस लगायतमा ऐच्छिक रहेको छ ।
टि्वटर प्रयोगकर्ताले टि्वटर अकाउण्टको अकाउण्ट सेटिङ अन्तरगत यो दुइ तहको भेरिफिकेसन सेवामा साइन अप गर्न सक्छन् । यसका लागि टि्वटरले उक्त टि्वटर अकाउण्ट सँग सम्बन्धित आधिकारिक इमेल अर्थात् फोन नम्बर कुन हो ? भनेर सोध्नेछ । यद्यपि यो दुइ तहको प्रमाणिकरण प्रक्रियाले टि्वटर प्रयोगकर्ताको टि्वटर अकाउण्टको सुरक्षाको अधिकतम प्रत्याभूति दिलाउने भएपनि प्रयोगकर्तालाई अन्य सामान्य सुरक्षाका सावधानी समेत अपनाइरहन टि्वटरले आग्रह गरेको छ । यस्ता सामान्य सावधानीमा अलि विशिष्ठ खालको तथा जटिल पासवर्ड छनोट गर्ने तथा शंकास्पद इमेल नखोल्ने लगायतका रहेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2013/05/73989/#sthash.2iZwX5k6.dpuf
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.