भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ जेठ, काठमाडौं । राजधानीमा आजबाट गोरखा कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सरस्वती र मच्छिन्द्र क्लब भिड्ने छन् । सप्तरीमा राजमार्ग बन्द भएका कारण झापाको मुनाल क्लबको टोली काठमाडौं आउन नसक्दा नेपाल पुलिस र मुनालको खेल भने स्थगित भएको छ ।
लिग–कम–नकआउटको आधारमा खेलाइने प्रतियोगितामा १६ वटा क्लबलाई चार समूहमा विभाजन गरिएको छ । पुलिस, सरस्वती मच्छिन्द्र र मुनाल क्लब समूह ए मा छन् भने ए डिभिजन लिग च्याम्पियन थ्रीस्टार, सशस्त्र प्रहरीको एपीएफ, रानीपोखरी कर्नर टिम आरसीटी र देशभक्ति युवा क्लब समूह बी मा छन् ।
मनाङ मस्र्याङ्दी, आर्मी, सङ्कट र टुसाल युथ क्लब समूह सी मा छन् भने हिमालयन शेर्पा, जाउलाखेल, फ्रेन्डस र व्बाइज युनियन क्लब समूह डी मा रहेका छन् । प्रतियोगिताको विजेतामले दश लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् भने सेमिफाइनलमा प्रवेश गर्ने टिमलाई १/१ लाख प्रदान गरिनेछ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.