Widgets

Home » » परपुरुषसँग नजिकिन ११ महिने शिशुलाई ज्युँदै जंगलमा छाडेपछि…

परपुरुषसँग नजिकिन ११ महिने शिशुलाई ज्युँदै जंगलमा छाडेपछि…

Written By sangalo on Wednesday, May 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ जेठ, पर्वत । कुनै आमाले आफूले जन्म दिएका सन्तानलाई जंगलमा ज्युँदै छाडेर परपुरुषको अँगालोमा बाँधिन जान्छिन् भन्ने तपाई कल्पना गर्न सक्नुहुन्छ ? तर यस्ता निष्ठुरी आमाहरु पनि हुँदा रहेछन् जसले परपुरुषलाई खुसी पार्न बच्चालाई अनकन्टार जंगलमा फालेर हिड्न सक्दारहेछन् । चितवन नारायणगढकी मीना परियार (पौडेल)ले आफ्नो ११ महिने छोरालाई पर्वतको मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा छाडेर फरार भएकी छन् । प्रहरीले आफन्तको सहयोगमा बच्चा जंगलमा फालेको २० घन्टापछि जीवितै उद्धार गरेको छ भने महिलालाई समेत नियन्त्रणमा लिएको छ । बागलुङ जिल्लाको पैंयुपाटा ५ मा माइतीघरबाट आफ्ना प्रेमीलाई भेट्न पर्वतको फलेवास हिँडेकी मीनाले मंगलबार दिउँसो चार बजे छोरा भीष्म पौडेललाई झाडी र भिरालो स्थानमा छाडेर हिँडेको नेपाल समाचारपत्रमा खबर छ । मंगलबार दिउँसो शिशुलाई छाडेर फलेबासमा परपुरुषसँग रात विताएकी मीनालाई बुधबार दिउँसो सदरमुकाम कुस्मा बजारमा एक्लै देखेपछि आफन्त र प्रहरीले बच्चाको खोजीमा गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger