Widgets

Home » » अपराधीसरह निगरानी राख्ने तयारी गरेको भन्दै सचिवहरु आक्रोसित

अपराधीसरह निगरानी राख्ने तयारी गरेको भन्दै सचिवहरु आक्रोसित

Written By sangalo on Wednesday, May 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

cc tv

काठमाडौं, जेष्ठ ९ - सरकारले मुख्यसचिवमार्फत सबै मन्त्रालय र निकायका सचिवलाई सीसीटीभी निगरानीमा राख्ने कार्यक्रम स्थगित गर्ने सम्भावना बढेको छ । विभिन्न मन्त्रालयका सचिवले आफूहरूलाई अपराधीसरह निगरानीमा राख्ने निर्णय गरिएको भन्दै विरोध गरेपछि उक्त कार्यक्रम स्थगित हुने संकेत देखिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए । सबै सचिवको कार्यकक्षमा सीसीटीभी जडान गरी मुख्यसचिवले निगरानी गर्ने कार्यक्रम अघि बढाउन उपयुक्त हुने/नहुनेबारेमा सुझाव दिन समिति गठन गरिएको छ । धेरैजसो सचिव विपक्षमा भएकाले सीसीटीभीबाट निगरानी गर्ने कार्यक्रम स्थगित हुने प्रबल सम्भावना बढेको स्रोतले उल्लेख गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव सूर्य सिलवालको संयोजकत्वमा गठित समितिमा विज्ञान प्रविधि, कानुन, सामान्यका सचिव सदस्य छन् । मुख्यसचिवले सबै सचिवलाई सीसीटीभी राख्ने/नराख्नेबारे राय दिन आग्रह गर्दै समितिको सुझावअनुसार निर्णय गरिने जानकारी गराएका थिए । सचिवहरूको कामकारबाही र गतिविधि सीसीटीभीबाट निगरानी गर्ने व्यवस्था संसारमा कहीू पनि नरहेको उल्लेख गर्दै सचिवहरूले कार्यकक्षमा सीसीटीभी राख्दैमा सरकारका कामकारबाही पारदर्शी नहुने तर्क गरेका थिए । उनीहरूले अन्य मुलुकमा आपराधिक घटना बढी हुने र बैंकमा सुरक्षा प्रयोजनका लागि मात्र सीसीटीभी राख्ने गरिएको उल्लेख गर्दै सचिवको कुनै गोप्यता पनि नरहने गरी निगरानीमा राख्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको बताएका थिए । मुख्यसचिवले बोलाएको सचिव बैठकमा समेत सीसीटीभीको विरोध भएको थियो । सरकारले सीसीटीभीबाट सचिवहरूको निगरानी आगामी असार १५ देखि सुरु गर्न टेन्डर आह्वानसमेत गरिसकेको छ । सचिवहरूले के कामकारबाही गरिरहेका छन्, कसकसलाई भेट्दै छन्, को- कोसूग बैठक गर्दैछन्, निर्णय गर्नुपर्ने फाइल टेबुलमा थुपारेर राखिएको छ वा छैन भनेर सम्पूर्ण गतिविधि नियाल्ने तयारी प्रधानमन्त्री कार्यालयको थियो । मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार मुख्यसचिवले आफ्नै कार्यकक्षमा बसेर सीसीटीभीबाट सबै मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवहरूको दिनभरको कामकारबाही र गतिविधि प्रत्यक्ष निगरानी गर्ने कार्यक्रम थियो । मुख्यसचिवले सबै मन्त्रालयका सचिवहरूको कार्यकक्षमा जडान गरिने सीसीटीभी क्यामराले दिनभर कैद गर्ने दृश्य आफ्नो कार्यकक्षमा राखिने ठूलो स्त्रिmन -डिस्प्ले आउलेट) बाट हेरेर निगरानी गर्ने र आफू व्यस्त रहेको बेलाको विभिन्न मन्त्रालयका सचिवको गतिविधि सीसीटीभीमा कैद भएको दृश्य पछि फुर्सदमा 'भिजुअल प्ले' गरेरसमेत हेर्ने कार्यक्रम थियो । सचिवहरूको विरोधपछि मुख्यसचिव लीलामणि पौडेलले सीसीटीभीे निगरानी कार्यक्रम आफूले थोपर्न खोजेको होइन भन्ने प्रस्टीकरण दिूदै उक्त निर्णय अघिल्ला मुख्यसचिव माधव घिमिरेकै पालामा भएको बताएका थिए । उनले धेरै सचिवहरूको राय विपक्षमा आएमा सीसीटीभी निगरानी कार्यक्रम स्थगित हुन सक्ने उल्लेख गर्दै सबैलाई आ- आफ्नो धारणा दिन आग्रहसमेत गरेका थिए । - See more at: http://www.ekantipur.com/np/2070/2/9/full-story/368575.html#sthash.9jcb7Exl.dpuf

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger