Widgets

Home » » महिला बन्धक बनाउने आफ्नै क्याटरिङका कामदार

महिला बन्धक बनाउने आफ्नै क्याटरिङका कामदार

Written By sangalo on Wednesday, May 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

bandhak

काठमाडौं, जेष्ठ ९ - सात दिनअघि राजधानीमा एक महिलालाई बन्धक बनाएर डकैती गर्ने समूहको पहिचान खुलेको छ । कालिकास्थानको अमृतभोग गृहका सञ्चालक विनोद अग्रवालकी श्रीमती सुलोचनादेवी अग्रवाललाई वैशाख ३० गते दिउूसो बन्धक बनाएर डकैती गर्ने अमृतभोगकै क्याटरिङमा काम गर्ने सवारी चालक र भाँडा धुने व्यक्तिहरूको योजना र मिलेमतोमा डकैती भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले त्यसरी डकैती गर्ने ६ जनालाई एउटा भरुवा पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं छैमलेका मधुकर घिसिङ, लाक्पा भन्ने प्रमेश तामाङ, रमेश बम्जन र सञ्जय तामाङ छन् । यस्तै मकवानपुर सिस्नेरीका गणेश/हितम भनिने जगदीश गोले र ललितपुर डुकुछापका राज तामाङ छन् । बन्धक बनाएर लुटपाट गर्नु एक साताअघिदेखि उनीहरूले योजना बनाएको महाशाखाका डीएसपी एवं प्रवक्ता सुरेन्द्र मैनालीले बताए । डीएसपी मैनालीका अनुसार अमृतभोग क्याटरिङको टाटा मोबाइल गाडी चलाउने चालक राज तामाङ र क्याटरिङको भाँडा सफा गर्ने जगतबहादुर गोलेले योजना बनाएका हुन् । उनीहरूले घरमा पुगेर घन्टी बजाउूदा अग्रवालको निजी सवारी चालक श्याम लामा हो भन्दै भित्र छिरेको बयान दिएका छन् । श्याम निजी सवारी चालक भएकाले सहजै ढोका खोल्न लगाउन त्यसो भनिएको प्रहरीले जनाएको छ । 'कम्तीमा पनि दस/बाह्र लाख रुपैयाँ घरमै हुने र सुनचाँदीलगायत अन्य सरसामान हुने अनुमान गरेर डकैती योजना गरेका रहेछन्,' डीएसपी मैनालीले भने, 'त्यसपछि डकैतीका लागि अरू सहयोगी खोजेर डकैती गरे ।' यस कार्यमा मधुकर घिसिङले कामको बाँडफाँडको जिम्मेवारी लिएका थिए । घरभित्र कसरी छिर्ने देखी कसले के काम गर्ने ? महिलालाई बन्धक बनाउने र सामान राखेको सम्भावित स्थानमा खोजी गर्ने कार्य गरेको पाइएको छ । प्रहरीले यो समूहले नगद र सुनचाँदीका गरगहना गरेर झन्डै १८ लाख रुपैयाँ बराबरको सामान डकैती गरेको जनाएको छ । डकैती गरेको सामानमध्ये नेपाली नगद ९० हजार रुपैयाू उनीहरूले १८ हजार रुपैयाँका दरले दामाशाही बाँडेर खर्च गरेको बयान प्रहरीलाई दिएका छन् । महाशाखाले उनीहरूको साथबाट सुनको चुरा, मंगलसूत्र, सुनको हार, ब्रासलेट, हीराको नेकलेस, औंठी, चाँदीको बट्टा, चाँदीकै ग्लासलगायत ३० वटा विभिन्न किसिमका सामान बरामद गरेको छ । - See more at: http://www.ekantipur.com/np/2070/2/9/full-story/368576.html#sthash.Cm91GWQp.dpuf

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger