Widgets

Home » » अख्तियारद्धारा तस्करको सुपारी उद्दार

अख्तियारद्धारा तस्करको सुपारी उद्दार

Written By sangalo on Wednesday, May 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

CIAA

काठमाडौं, जेष्ठ ९ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्वौ रुपैया बराबरको अवैध सुपारी कानुनी रुपमै भारत निकासी हुने मार्ग खुलेको छ । लोकमानसिं कार्की आयोग प्रमुखमा नियुक्ति भएको भोलीपल्टै बैशाख २६ मा प्रतिबन्ध खुलाएका हुन् । आयोगले नै नेपाली सुपारीको प्रज्ञापन बनाएर विदेशी सुपारी भारत निकासी गरेको भन्दै विराटनगर भन्सारबाट सुपारी निर्यात रोकेको थियो । यो वर्ष तेस्रो देशबाट आयात गरेर झापाका विभिन्न गोदाममा आठ हजार मेटि्रक टन सुपारी थन्क्याइएका छन् । यसको न्युनतम बजार मूल्य एक अर्व रुपैयाभन्दा बढी छ । विराटनगर भन्सारबाट नेपाली सुपारी निकासी हुन्छ । नेपालमै उत्पादन हुने सुपारी कृषिजन्य सामग्रीका रुपमा न्युनतम करमा भारत निकासी हुन्छ । भारतमा सिधै अन्य देशबाट आयात गर्दा चर्को कर लाग्ने हुनाले तस्करहरुले नेपाल हुदै तेस्रो देशको सुपारी भारत पठाउछन् । लुकिछिपी भारत छिराइने तेस्रो देशको सुपारी माथि प्रशासनले पछिल्लो एक वर्ष कडाइ गरेपछि झापाका गोदाममा आठ बजार मेटि्रक टन सुपारी थन्कन पुगेको हो । झापामा यस वर्ष अन्यन्त न्युन, चार मेटि्रक टनभन्दा पनि कम सुपारी उत्पादन भएको र त्यसमध्ये असी प्रतिशत त बोटबाटै विक्री भएर काकडभिट्टा नाका हुदै भारत पुगिसकेको जानकार अधिकारीहरु बताउछन् । 'अब यहा उत्पादन भएको भनेर आठ हजार मेटि्रक टन सुपारी निकासी गर्नु भनेको तस्करको उद्दार गर्नु हो,' एक उच्च प्रहरी अधिकारीले भने । ती अधिकारी आफू करोडौं रुपैयाबराबरको सुपारी कमिशन सेटिङमा संलग्न नभएको बताउछन् । तस्करहरुले झापामा थन्क्याएको सुपारी तह लगाउन स्थानीय व्यापारी, सरकारी अधिकारी र वाणिज्य तथा आपुर्ति मन्त्रालयका अधिकारीहरुबीच नेपाली सुपारीका प्रज्ञापन बनाएर भारत पठाउने सेटिङ बनेको थियो । अख्तियारले त्यही सेटिङमाथि प्रश्न उठाउदै सुपारी निर्यातमा रोक लगाएको हो । अख्तियारको रोकवट खुलाउने खेल कार्की प्रमुख बन्ने कसरतसगै अगाडि बढको जानकार स्रोतहरु बताउछन् । कार्की नियुक्ति भएकै दिन वैशाख २५ गते सुपारी निकासी खुला गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयले अख्तियारलाई चिठ्ठी लेखेको थियो । भोलिपल्टै उक्त चिठ्ठी सदर गरेर अख्तियारले कृषि विकास मन्त्रालय, उद्योग वाणिज्य महासंघ, भन्सार विभाग, क्षेत्रीय प्रशासन कार्यालय, पूर्वक्षेत्रीय प्रहरी कार्यालय, राजश्व अनुसन्धान विभागलाई बोदार्थ पठाएको छ । स्रोतहरुका अनुसार वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई सम्बोधन गरिएको त्यो चिठ्ठी लिन जिल्ला प्रशासन कार्यालयका एक लेखापाल स्वयम्् काठमाडौं आएका थिए । 'पहिले परेको उजुरीमा आयोगको छानविन र सम्बन्धित निकायसागको छलफलपश्चात उजुरीको लगत कट्टा गरी फायल तामेली भएको हुादा उल्लेखित पत्रको फोटोकपी पठाइएको छ,' अख्तियारले लेखेको चिठ्ठीमा उल्लेख छ । यो पत्रअनुसार अनुसन्धान स्वतः मूलतबीमा राखी सुपारी निकासीको बाटो खोलिएको छ । आयोगको सुपारी निकासी खोल्ने पत्रले पूर्वमा प्रशासन संयन्त्र विभाजित भएको छ । सुपारी सेटिङमा लोभिएकाहरु यसको कार्यन्वयन गर्ने पक्षमा छन्् । केही प्रहरी अधिकारीहरुले गैरकानुनी निकासीको अवस्था रोक्न गृह मन्त्रालयको समेत ध्यानाकर्षण गरिसकेको बताए । उनीहरुले पूर्वक्षेत्रीय प्रहरी कार्यालयका प्रमखु प्रहरी नायब महानिरीक्षक पर्शुराम खत्री नै सुपारी चोरी निकासी खुकुलो पार्न लागिपरेको गुनासो गरेका छन् । व्यापारी नेपाली सुपारीको उत्पत्तिको प्रमाणपत्र जारी गरेर तेस्रो देशबाट आयातित सुपारी भारत निकासी गर्छन्् । तेस्रो देशबाट आयातित सुपारी पुनः निकासी गर्न पाइादैन । २०६९ जेठ ३१ गते अख्तियारले नेपाली सुपारीको विदेश निर्यात सम्बन्धी कार्यविधि २०६८ पालना नभएको, नेपाली सुपारीका नाममा विदेशी सुपारी निकासी भइरहेको उजुरी परेकोले त्यसको छानविन नसकिएसम्म नेपाली सुपारी निकासी बन्द भएको जनाउादै उत्पत्तिको प्रमाणपत्र जारी नगर्न नेपाल उद्योग वाणिज्य महासंघलाई आदेश दिएको थियो । २०६९ वैशाख ३१ गते तेस्रो देशबाट आयातित सुपारी निकासी भएको भन्दै भन्सार नाकाबाट तीन ट्रक सुपारी प्रहरीले बरामद गरेको थियो । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ । प्रधानन्यायाधिश खिलराज रेग्मी नेतृत्वमा सरकार गठन हुनुअघि उद्योग वाणिज्य महासंघको २०६९ चैत ९ गतेको परिपत्रअनुसार झापा उद्योग वाणिज्य संघले झापामा उत्पादित सात हजार ६ सय ३४ मेटि्रक टन नेपाली सुपारी भारत निकासीका लागि उत्पत्तिको प्रमाणपत्र जारी गरिसकेको छ । अख्तियारले रोकेकै अवस्थामा कृषि विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि विकास कार्यालय झापा र सुपारी खेती विकास संस्था झापा मिलेर नेपाली सुपारीको उत्पत्तिको प्रमाणपत्र जारी गरेका थिए । प्रहरी स्रोतका अनुसार झापामा यसपटक चार हजार ४२ सय मेटि्रक टनभन्दा बढी सुपारी उत्पादन भएकै छैन । यसमध्ये अधिकांश बोटैबाट विक्री भएर कााकडभिट्टा भन्सार नाकाबाट भारत निकास भइसकेको छ । 'तेस्रो देशबाट आयात गरेर राखेको सुपारी चोरी निकासीका लागि दबाब आइरहादा हामीले आठ हजार मेटि्रक टन गोदामबाट झिक्न दिएका थिएनौं,' ती अधिकारीले भने, 'प्रमाणपत्रमा उल्लेखित परिमाणमा नेपाली सुपारी उत्पादन नभएकोले विदेशी माल भन्सार नाकाबाट लैजान व्यापारी सक्रिय छन्् ।' कृषि विकास कार्यालय समेतले यसपटक नेपाली सुपारी उत्पादनको गलत तथ्यांक दिएर तस्करी गर्ने व्यापारीलाई सहयोग पुर्‍याएको सुरक्षा अधिकारीको भनाइ छ । झापामा ३५ सय बिगाहा क्षेत्रफलमा सुपारी खेती भइरहेको छ । यो क्षेत्रफलमा उत्साहजनक उत्पादन हुादा ४ हजार मेटि्रक टनभन्दा बढी सुपारी नहुने किसानहरू बताउाछन्् । नेपाली सुपारी उत्पादनको प्रमाणपत्र जारी गर्दै सबैलाई छक्याएर व्यापारी हङकङ, मलेसिया र सिंगापुरबाट सुपारी आयात गरेको सुपारी नेपाली कोटामा भन्सारबाट भारत निकासी गर्छन्् । अख्तियारले सुपारी खुला गरेपछि सुपारी व्यापारी विराटनगर भन्सारलाई निकासी दिन दबाब दिइरहेका छन्् । अख्तियारको पत्र पाए पनि भन्सारले निकासी दिन अस्वीकार गरिरहेका छ

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger