Widgets

Home » » विचित्रका परिकार

विचित्रका परिकार

Written By sangalo on Wednesday, May 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


चीनमा खानाका रूपमा शताब्दीऔं पुरानो अण्डा खाने चलन छ। हजारौं वर्ष पुरानो अण्डालाई पकाएर खाने यो चलनमा व्यावसायिकता आएपछि अहिले हजारौं वर्ष पुरानो अण्डाको सट्टा केही वर्ष पुराना अण्डाका परिकार बन्न थालेका छन्। हाँस वा कुखुराको अण्डालाई खरानी, माटो र नुनको धुलोमा महिनौं राखिन्छ। यसरी राख्दा अण्डाको सेतो भाग खैरो रंगमा र पहेंलो भाग खैरो वा हरियो क्रिमका रूपमा परिणत हुन्छ भने यसको गन्ध कडा हुन्छ। 



लन्डनस्थित बम्बे ब्रासेरी होटलमा तयार गरिएको समुद्री खजानाको तरकारीलाई सर्वाधिक महँगो तरकारी मानिन्छ। ३ हजार २ सय डलर प्रतिप्लेट पर्ने यो तरकारी डेभोन गंगटो, अत्यधिक नुनिलो पानीमा पाइने बेलुगा माछाको अन्डा, सुनको पत्र, स्कटिस लोबोस्टर, ट्रफ्ली जातको च्याउ तथा अन्डा हालेर तयार गरिन्छ। 



केही देशले उत्पादन गर्ने विभिन्न किसिमका खाद्यपदार्थको नाम अंग्रेजी शब्दको अर्थमा अनौठो लाग्ने किसिमका हुन्छन्। घानामा उत्पादन हुने एउटा सफ्ट डि्रंक्सको नाम पी कोला छ। यसैगरी स्विडेन उत्पादन हुने दहिको नाम ब्रा, पोल्यान्डमा उत्पादन हुने क्यान्डी बारको नाम प|mार्ट, स्विडेनको एक बियरको नाम फ्याट छ। 

थाइल्यान्ड र लाओसमा तारेको चमेरोको मासु निकै लोकपि्रय छ। क्रिस्पी र क्रन्ची हुने चमेरोको तारेको मासुलाई थाई ससमा चोपेर खाँदा कुखुराको स्वाद आउने यसका पारखीहरू बताउँछन्। 

सन् १९०२ मा स्कटल्यान्डका राजा एडवार्ड सातौंको राज्यभिषेक हुदाँ तयार पारिएको चकलेटलाई सर्वाधिक पुरानो चकलेट मानिन्छ। उक्त चकलेटलाई एक महिलाले खान बिर्सिएपछि आफ्नी छोरीलाई सुरक्षित राख्न दिएकी थिइन्। छोरीले सन् २००८ मा खाद्य सुरक्षा संस्थालाई हस्तान्तरण गरेपछि उक्त चकलेट सर्वाधिक पुरानो मानिएको थियो। 



नुडल्सको उत्पत्ति कहाँ भयो भन्ने विषयमा चीन, इटाली र अरब मुलुकहरूको आ-आफ्नै किसिमको दाबी छ। चीनको यल्लो रिभरको लाजिया उत्खनन् क्षेत्रमा पाइएको नुडल्सले यसको उत्पतिलाई प्रस्ट पारेको छ। पुरातत्त्वबेत्ताहरूका अनुसार ४ हजार वर्षअघि आएको भूकम्पले पुरिएको उक्त नुडल्स जुनेलोको घाँसबाट बनाइएको थियो।   



न्युयोर्कको सेरेनडिपिटी थ्री रेस्टुराँ सर्वाधिक महँगो परिकार निर्माण गर्ने रेस्टुराँमा गनिन्छ। सर्वाधिक महँगो बर्गर पाइने उक्त रेस्टुराँले सर्वाधिक महँगो डेजर्ट पनि आफ्नो मेनुमा राखेको छ। प|mोजन हट चकलेट डेजर्टलाई आइस क्रिम सुन्डेका रूपमा ग्राहकलाई  सर्भ गरिन्छ। २८ वटा कोकामा सर्वाधिक महँगा १४ किसिमका खानेकुरा राखेर सुनको पत्रको लेप लगाइन्छ। सुन्डेको तल्लो भागमा १८ क्यारेट सुनको ब्रासलेटमा १ क्यारेटको हिरा जडान गरिएको हुन्छ। सुनौलो थालमा राखिएको यो डेजर्ट सुनको चम्चाले खानुपर्ने हुन्छ। यो परिकारको मूल्य २५ हजार डलर छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger