Widgets

Home » » सुस्त मनस्थितिकी युवती १० वर्षदेखि निरन्तर बलात्कृत

सुस्त मनस्थितिकी युवती १० वर्षदेखि निरन्तर बलात्कृत

Written By sangalo on Tuesday, May 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बलात्कार घटनालाई सार्वजनिक गरे गाउँ निकाला गरिदिने धम्की दिँदै मिलापत्र गरिएका कारण कोल्माकी सुस्त मनस्थितिकी १९ वर्षीया युवती १० वर्षदेखि बलात्कृत हुँदै आएको खुलासा भएको छ । जति पटक बलात्कृत भए पनि गाउँमै मिलापत्र गराइएको र पटक पटक गर्भपतन गराउँदा युवतीको अवस्था नाजुक बनेपछि छोरीलाई बचाउन आमा वर्षौं पछि प्रहरीमा उजुरी दिन आएकी छिन् । १० वर्षमै चाउचाउ किन्न जाँदा स्थानीय एक पसलेबाट बलात्कृत भएकी युवतीलाई त्यस घटनादेखि नै मिलापत्र गरिएका कारण अन्यले पनि बलात्कार गरेको परिवारले बताएका छन् । 'छोरी १० वर्षकी हुँदा चाउचाउ किन्न जाँदा पहिलो पटक पसलेले बलात्कार गरे,' युवतीकी आमाले भनिन्, 'त्यसपछि ऊ धेरै पटक बलात्कृत हुँदै आएकी छ ।' उनले पहिलो बलात्कार घटनामा स्थानीय स्तरमा पीडकलाई माफी माग्न लगाई मिलापत्र गरिएको बताइन् । त्यसपछि बलात्कार हुँदा र प्रयास गर्दा कागज बनाई मिलापत्र गरिँदै आएको हो । उनले बलात्कारपछि गर्भ रहेकाले पटक पटक छोरीको गर्भपतन गराएको बताइन् । घटना सार्वजनिक गरे गाउँ निकाला गर्ने धम्की दिएकाले चुपचाप बस्नु परेको बाध्यता सुनाइन् । बलात्कार र गर्भपतनले छोरीको अवस्था नाजुक भएपछि बाध्य भएर न्यायका लागि प्रहरीकहाँ आएको उनले बताइन् । 'पहिला सहनै पर्‍यो भनेर मिलापत्र गर्दै चुप लागेर बसेँ,' उनले भनिन्, 'गाउँबाट एक्लिनु पर्छ भन्ने डरले ८/९ वर्षदेखि बलात्कार हुँदै आए पनि चुपचाप सहेर बसेँ । अब त अति नै भएपछि प्रहरीकहाँ आएकी हुँ ।' जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पीडित युवतीको ०६९ मंसिरमा मणिपाल शिक्षण अस्पतालमा २८ साताको गर्भपतन गराइएको थियो । 'विगतमा भएको मिलापत्रको कागज पनि खोजी गर्छौं,' प्रहरी नायव उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने, 'जबरजस्ती मिलापत्र गराएको एउटा कागजसमेत भेटेका छौँ ।' समितिले यो मात्र नभई गाउँका अन्य बलात्कार घटना पनि मिलापत्र गराउँदै आएको बुझिएको छ । कोल्माबराहचौर १ र २ वडालाई समेटी बनाएको गाउँ समितिले घटनालाई मिलापत्र गरी गाउँमै ढाकछोप गर्दै आएको थियो । स्थानीय स्तरमा गठन गरेको समिति समाजका अलि बढी जान्ने सुन्ने मानिनेको समिति हो । उनीहरूले स्थानीय स्तरमा जस्तोसुकै समस्या आए पनि समितिमा मात्र गुनासो गर्नुपर्ने भन्ने नियम बनाएका छन् । समिति अध्यक्षलाई गाउँ सभापति भन्ने गरिन्छ । गाउँ सभापतिलाई समस्या भनेपछि उनले भेला बोलाएर मिलापत्र बनाई कागज बनाउने गर्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger