Widgets

Home » » पूर्व सभासद हत्याको विरोधमा भएको बन्दले यात्रुहरु मारमा

पूर्व सभासद हत्याको विरोधमा भएको बन्दले यात्रुहरु मारमा

Written By sangalo on Tuesday, May 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ जेठ, काठमाण्डौं । पूर्व सभासद सदरुल मिया हकको हत्याको विरोधमा उहाँका आफन्त तथा छरछिमेकीले गरेको राजमार्ग बन्दका कारण लामो तथा छोटो दुरीका यात्रामा रहेका यात्रुहरु समस्यामा परेका छन् । आफन्तहरुले हकको हत्याको छानविन गर्न माग गर्दै सप्तरीको कल्याणपुर सडकखण्ड बन्द गरेका छन् । बन्दले पूर्वबाट पश्चिम आउने र पश्चिमबाट पूर्व जाने सवारीका साधान रातिदेखि नै बाटोमै रोकिएका छन् । बन्दका कारण चारसय भन्दा बढी सवारीका साधान सप्तरीमा रोकिएका छन् भने हजार भन्दा बढी यात्रु छन् । यात्रुहरुले रातिदेखि आफू सडकमा बस्नुपर्दा समस्या भएको गमी बढी भएको खानेकुराको व्यवस्था नहुँदा ठूलो समस्या परेको गुनासो गरेका छन् । यता बन्दकर्ताहरुले भने हकको हत्या बारे छानविन गर्न गृहमन्त्री आएर आफूहरुको माग पुरा गर्नुपर्ने भन्दै बन्दकर्ताहरु विहानैदेखि सडकमा उत्रिएर सवारीका साधान सञ्चालनमा रोक लगाएका छन् । स्थानीय प्रशासनले भने मृतकका आफन्त र छिमेकिसँग छलफल गरेर बन्द खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ । यता हकको शवलाई भने पोष्ट मार्टमका लागि विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएको छ । प्रहरीले अुनसन्धान जारी रहेको बताए पनि हत्यको आशंकामा कसैलाई पनि पक्राउ गरेको छैन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger