Widgets

Home » » निर्वाचन ऐनका विषयमा काँग्रेस र एमालेको छलफल जारी

निर्वाचन ऐनका विषयमा काँग्रेस र एमालेको छलफल जारी

Written By sangalo on Tuesday, May 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ जेठ, काठमाण्डौं । नेपाली काँग्रेस र नेकपा एमालेले निर्वाचन ऐन तथा निर्वाचन मितिको घोषणा लगायतका विषयमा संयुक्त छलफलमा जुटेका छन् । एमाले पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा अहिले जारी बैठकमा निर्वाचन ऐनमा सिफारिस गरिएको एक प्रतिशतको थ्रेसहोल्ड, उम्मेद्वारको योग्यता, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, संविधानसभा सदस्य संख्या लगायतका विषयमा दुई पार्टीले समान धारणा बनाउने विषयमा छलफल जारी रहेको नेताहरुले जानकारी दिइका छन् । एकीकृत नेकपा माओवादी र मधेसी मोर्चामा रहेका दलहरुले निर्वाचन थ्रेसहोल्ड र फौजदारी अभियोग लागेकालाई उम्मेद्वार बनाउन नहुने विपक्षमा उभिएपछि सरकारले निर्वाचन ऐन अध्यादेश तयार गर्न सकेको छैन । निर्वाचन ऐनका विषयमा दलहरुबीच सहमति नजुटेका कारण नै सरकारले निर्वाचनको मिति समेत घोषणा गर्न सकेको छैन । साथै बैठकमा चुनावको विपक्षमा रहेर आन्दोलन गरिरहेका दलहरुलाई उच्चस्तरीय राजनीतिक समितिमा ल्याउने विषयमा पनि छलफल हुनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger