भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

'वाच डग' का रूपमा लिइने पत्रकारले समाचारमा सत्य लेख्ने कि कसैलाई पुलकित पार्न लेख्ने ? पछिल्ला समय रंगपत्रकार र रंगमकर्मी वा कलाकारबीचको सम्बन्ध बिग्रन थालेको छ । समाचारबारे चित्त नबुझेकै कारण नाम चलेकै कलाकारबाट समेत हातपात वा ज्यान लिनेजस्ता निकृष्ट धम्की आउन थालेपछि एकै क्षेत्रमा क्रियाशील दुई फरक पेसाकर्मीबीच सम्बन्ध चिसिन थालेको हो । यसैलाई इंगित गर्दै नायक राजेश हमालले मंगलबार मुख खोले, 'रंगपत्रकार र रंगकर्मीबीचको सम्बन्ध 'लभ एन्ड हेट' को छ ।' तर उनले भनाइलाई परिमार्जित गर्दै गाढा सम्बन्धमा मात्रै यस्तो सम्भव हुने पनि जिकिर गर्दै भने, 'कलाकारलाई माया गर्ने र घृणा गर्ने कुराबीच सन्तुलन रहिरह्यो भने राम्रो हुन्छ ।' उनले अहिलेको चुनौतीपूर्ण फिल्म क्षेत्रलाई रंगपत्रकारिताले साथ दिएकोमा भने खुसी व्यक्त गरे । नायक हमालले जेठ ७ मा पर्ने चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आफ्ना विचार राखेका हुन् । १५ दिवस मनाउने क्रममा चलचित्र पत्रकार संघले सोमबार रंगपत्रकार विजयरत्न तुलाधरलाई २०६९ को चलचित्र पत्रकारिता सम्मान गर्यो भने सन्दीप सापकोटा र सन्तोष रिमाललाई जनही १५ हजार पाँच सय ५५ रुपैयाँसहित उपहारले पुरस्कृत गरेको थियो । कार्यक्रमबाटै संघ अध्यक्ष विदुर गिरीले वर्ष २०७० को सम्मान भने अनन्त वाग्लेलाई र पत्रकारिता पुरस्कार पत्रकारद्वय अशोक प्यासी राई र जयन सुब्बा मानन्धरलाई दिने निर्णय पनि सुनाए । संघको कार्यक्रममा फिल्मसम्बन्धी विभिन्न संघसंस्थाका प्रतिनिधिदेखि कलाकारहरूको उपस्थिति थियो । फिल्मकर्मी यादव खरेलले फिल्म पत्रकार र कलाकार एउटै परिवारका सदस्य भएको टिप्पणी गर्दै भूमिका मात्रै फरक रहेको बताए भने चलचित्र निर्देशक समाज अध्यक्ष दिनेश डिसीले नायक हमालले टिप्पणी उठाएको 'लभ एन्ड हेट' विषयलाई समर्थन गर्दै 'हेट' लाई पनि मार्गदर्शनका रूपमा लिनुपर्नेमा जोड दिए । संघ अध्यक्ष गिरीले भने कलाकारमा आलोचना सुन्ने र सहने कमीका कारण पनि समस्या आउने गरेको बताए । संघको वाषिर्कोत्सवमा नायिका करिश्मा मानन्धरले बर्थडे केक काटेर जन्मोत्सवमा रौनक बढाएकी थिइन् । चलचित्र पत्रकारिता दिवसकै सन्दर्भ पारेर नायक जीवन लुइँटेलले पत्रकारमा समर्पित गर्दै कविता सुनाए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.