भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

साहित्यकार मणि लोहनीको नयाँ कृति ‘निर्वस्त्र मन’ पाठकमाझ आएको छ । ‘निर्वस्त्र मन’मा मान्छेमान्छेबीचका सम्वन्ध र त्यसमा आउने विचलनमाथि उनले पछिल्लो समय लेखेका कथाहरु समेटिएका छन् । उक्त कथाकृतिमा २२ वटा नारी मनोविज्ञान, प्रेम र सम्वन्धमाथि केन्द्रीत कथा छन् । यसअघिको मणिको कथासंग्रह परास्त प्रेमबाट सुरु भएको प्रेम र सम्वन्ध फरक फरक कुरा हुन् भन्ने बहसले यस कृतिमा पनि निरन्तरता पाएको छ । ‘प्रेम र सम्बन्धलाई एकै ठाँउमा राखेर बुझ्ने गरेकाले प्रेम असफल भएका घट्नाहरु सुनिन्छन् ।’ कथाकार मणि लोहनी भन्छन्, ‘त्यो प्रेम होइन, सम्बन्ध असफल भएको हो । सम्बन्ध प्राविधिक कुरा हो जसलाई जोगाउन कसरत गर्नुपर्छ तर प्रेम मनको कुरा हो । प्रेमलाई जोगाउन कुनै कसरत गर्नुपर्दैन ।’ साझा प्रकाशनद्धारा प्रकाशित निर्वस्त्र मन मणि लोहनीको पाँचौ कृति हो । यसअघि उनका दुई कविता संग्रह र दुई कथा संग्रह प्रकाशित छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.