Widgets

Home » » म सेक्सी छुईन भन्छिन - गायिका प्रविशा अधिकारी

म सेक्सी छुईन भन्छिन - गायिका प्रविशा अधिकारी

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नेपाली चलचित्रको पाश्र्व गायनमा गायिका प्रविशा अधिकारीको नाम कुनै नौलो होइन । चलचित्र कसलाइ दिऊ यो जोवनको ‘तिमी जहाँ छौ बोलको गीत’…. बोलको गीत गाएपछि प्रविशाको चर्चा चुलिएको हो । विदाइ चलचित्रबाट गायनमा हात हालेकी प्रविशाले यसपछि सय भन्दा बढी चलचित्रमा गीत गाइसकेकी छिन् । हाल आफ्नै नयाँ एल्बमको तयारीमा रहेकी प्रविशासँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी : के गर्दै हुनुहुन्छ आजकल ? बिभिन्न चलचित्रका गीत रेकडिङ पनि भइरहेको छ । यस्तै नयाँ एल्बम बजारमा ल्याउने तयारी पनि गर्दैछु । साथमा आफ्नो पढाइ पनि सागै लगेकाले व्यस्तै नै छु । सुरुवातमा भन्दा सुस्ताएको हो तपाई ? सुरुवातमा मेरो गति निक्कै बढेको हो । तर जुन तबरबाट सुरुवातमा गति बढ्यो त्यो अनुसार म पछिल्ला दिनमा चल्न नसकेको पक्कै हो । तर उमेर छादै छ किन हतार गर्नु भन्ने लागेकाले पनि म पर्दा पछाडि नै रमाइरहेको छु । किन ओझेलमा परे जस्तो लाग्दैन ? ओझेलमा परेको भनेर म स्विकार गर्न तयार छैन । आफ्नो परिचय बनाउका लागि एउटा एल्बम निकाल्नु जरुरी छ । मैले आजसम्म एल्बम ननिकालेकाले पनि ओझेलमा परे जस्तो लागेको हुनसक्छ । गीत गायन रहर हो की पेशा हो ? सुरुवातमा त गीत गाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर अब यो एउटा नशा नै भैसकेको छु । अब गायनलाई मैले पेशा बनाएको छु । कहिलेदेखि गीत गाउन थाल्नु भएको हो ? मैले सुरुवातमा नै गीत गाउन थालेको हो । चलचित्र ‘बिदाई’मा गीत गाएपछि म विदेश जाने चक्करमा पनि लागेा । पछि संगीतकार बसन्त सापकोटाले मेरो नम्बर पत्ता लगाएर मलाइ फोन गर्नुभयो । मेरो सिनेमामा पुनः प्रवेश हुनुमा उहााको ठुलो हात छ । सिनेमा क्षेत्रमा टिक्नका लागि कसैको आर्शिवाद चाहिन्छ भनिन्छ, तपाइलाइ आर्शिवाद दिने मानिस भेट्नु भएन कि के हो ? मलाई त आफु पछाडि नै छु भन्ने नै लाग्दैन । म पर्दामा नआएकाले पनि यस्तो भएको हो । म धेरै अघि नै आएकाले पनि मानिसहरु प्रविशा पछि परि भन्छन् । तर मलाई कसैको आशीर्वाद चाहिादैन । म पाश्र्व गायनमा नै सन्तुष्ट छु । · बिहे कहिले गर्ने त ? अब त उमेर पनि भैसकेको छ । २ बर्षपछि बिहे गर्ने सोचाइमा छु । आखिर गर्नै पर्छ भने किन ढिला गर्ने हैन र ? · बिहे गर्ने मानिस रोजिसक्नु भयो त ? अहिले सम्म उपयुक्त व्यक्ति भेटेको छैन । कस्तो युवकको खोजीमा हो तपाइर्ं ? सबैभन्दा पहिला मलाइ नै बुझ्नु पर्यो । फेरि दुवैजनाको ग्रह पनि त मिल्नु पर्यो नि हैन । ग्रह मिलेन भने त जिन्दगी जिउन गाह्रो पो पर्छ । · उसो भए बिहे गर्नु अघि दुबै जनाको चिना, ग्रह र राशी हेरिन्छ हैन ? म ग्रहमा खुबै विश्वास गर्छु । यसैले मसँग विहे हुने केटाको ग्रह र चिना हेरेपछि मात्र निर्णय गर्छु । · कस्तो युवकले भुतुक्कै बनाउछ त ? झट्ट हेर्दा त केटाको लुक्स नै राम्रो हुनुपर्छ । लुक्स राम्रा भएका केटाहरु जहाँकही भेट्दा पनि राम्रो लाग्छ । · गीत कहिलेसम्म गाउने कि अर्कै पेशा रोज्ने सोचाई छ ? गीत गायनलाई त म निरन्तर नै दिन्छु । अब त गीत गाउनु नशा नै भैसकेको छ । तर बीबीए पढेकाले पनि व्यवसाय पनि गर्ने सोचाइ छ । · के कुरा मिठो पकाउनुहुन्छ ? मलाइ दाल, भात, तरकारी, चाउमिन मिठो पकाउन आउछ । अमलेट अझ विशेष बनाउाछु । · राम्री हुनुहुन्छ, नायिका बन्ने अफर आएन ? नायिका बन्ने प्रस्ताव धेरै नै आए । तर अभिनय गर्नु भनेको चानेचुने कुरा होइन । अर्कोतिर सबैतिर हात हाल्दा असफल हुने डर हुन्छ । म गीत गाउनमा नै सन्तुष्ट छु । · सधैं अर्काको लागि मात्र गीत गाउदा दिक्क लाग्दैन ? त्यस्तो कुराले दिक्क बनाएको छैन । तर मेरो एल्बमको गीतमा म आफंै मोडल बन्छु । · नेपाली सिनेमाको कुन नायकले आकर्षण गर्छ तपाइलाईं ? कर्मा प्रति आकषिर्त छु । उसको लुक्स र याक्टिङ पनि मनपर्छ । · पहिलो प्रेम कहिले भयो त ? ठ्याक्कै प्रेम नै त भएको छैन । तर प्लस टु पास गरेपछि एक जना युवकसँग आकर्षण भएको थियो । हामी दुबै एक अर्कालाइ मन पराउाथ्यौ । तर त्यो आकर्षणमा नै सीमित भयो, लभमा परिणत भएन । · कमाएको पैसा केमा बढी खर्च हुन्छ ? म कपडा किन्न भन्दा पनि खानमा नै बढि पैसा खर्च गर्छु । रेष्टुरेन्डमा पुगेर खानु मेरो रुची नै हो । · पहिरनमा कत्तिको चुजी लाग्छ आफू ? म नर्मल पहिरन नै लगाउाछु । कुनै पनि कार्यक्रममा पुग्दा पनि म नर्मल नै हुन्छु । म ग्ल्यामर भन्दा पनि साधारण नै भएर हिाड्छु । · मेकअप कत्तिको गरिन्छ ? साच्चै भन्ने हो भने मलाइ मेकअप गर्न नै आउादैन । · आफ्नो अंगमा कुन सेक्सी र आकर्षक लाग्छ ? मलाइ म आफु सेक्सी नै लाग्दैन । मेरो दातले गर्दा पनि म बच्चा नै छु जस्तो लाग्छ । · सपना कत्तिको देखिन्छ ? सपना त म अत्याधिक नै देख्छु । कहिलेकाही अत्यन्त नराम्रो त कहिले राम्रो सपना देख्ने गर्छु । · विश्वास लाग्छ सपनामा ? मैले विहानीपख देखेका सपनाहरु धेरैजसो पुरा भएका छन् । यसैले पनि नराम्रो सपना देखें भने विहान उठ्ने वित्तिकै भगवानको पूजा गर्छु । · सपनामा कस्ता खालका युवक आउछन् त ? खै किन हो किन, २४ बर्षको भैसकेको छु, मलाइ आफु अझै पनि बच्चा नै लाग्छ । सपनामा केटाहरु भन्दा पनि मेरो बच्चाका साथीहरु ब्ढी आउाछन् । · अब कस्तो गीत गाउन मन लागेको छ ? मैले मेलोडी गीत धेरै नै गाइसकेको छु । यसैले एल्बममा मेलोडी सागसागै बिभिन्न प्याटनको फ्युजन गीत गाउने सोचाइमा छु ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger