Widgets

Home » » पारसलाई थाई प्रेमिकाले बचाएको खुलासा

पारसलाई थाई प्रेमिकाले बचाएको खुलासा

Written By sangalo on Saturday, March 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

११ चैत, काठमाण्डौं । मरिसके भनेर हल्ला गरिएका पूर्व युवराज पारश साह यतिखेर तगि्रइसकेका छन र हिँडडुल गर्नसमेत थालेका छन । केही दिनभित्रै उनी अस्पतालबाट डिस्चार्ज भएर नयाँ जीवन पाउँदै छन । पारशलाई हृदयघात भएको हो कि ड्रग्सको ओभरडोज भन्ने बिषयमा चर्चा भइरहेका बेला उनलाई थाइ प्रेमिकाले बँचाएको खुलासा भएको छ । त्यसमाथि पारसकी पत्नी हिमानी शाहले थाइल्याण्डमै काली मन्दीरमा पुजा गर्दै श्रीमानको प्राण रक्षाको कामना गरिन् ।
एनआरएन थाइल्याण्डका सदस्य एवं पारशका सहयोगी कमल थापाले घटनाबारे नयाँ पत्रिकालाई यस्तो जानकारी दिए-
 फागुन ८ गते साढे ११ बजेको हुँदो हो । मेरो मोवाइलमा एउटा म्यासेज आयो । म्यासेजमा लेखिएको थियो, ‘Parash in emergency ar/at samitivej srinakarin. Plz help. Heart stop. Lyn’ अहिले पनि यो मेसेज मेरो मोवाइलमा सुरक्षित छ । म्यासेज प्राप्त हुनासाथ मैले एनआरएन बैंककका महासचिव सुनील खड्कालाई फोन गरेँ । पारस शाह बैंककमा रहेको खड्काको घरमा बस्नुहुन्थ्यो । खड्का मासु किन्न बजार गएका रहेछन् । पारसलाई हृदयघात भएको खबर सुनाउँदा सुरुमा उनले पत्याएनन् । बरु, उनले भने, ‘सरकार (पारस) ले मलाई तिमी मासु लिएर आऊ । म पकाउँछु, मिठो बनाएर खानुपर्छ भन्नुभएको छ । त्यही भएर म मासु किन्न आएको छु ।’ कर्निका लिन (पारसकी प्रेमिका) को म्यासेज आएकाले घटना भएको हुनसक्ने मैले बताएपछि उनले विश्वास गरे ।Paras-Shah_thailand
हामीले उहाँ(-पारस) की केटी साथी कर्निका लिनलाई फोन गर्‍यौं । उनले पारसलाई हृदयघात भएको, स्थिति निकै गम्भीर रहेको र अस्पताल पुर्‍याएको बताइन् । त्यसपछि हामी समितिभेज अस्पताल पुग्यौं । म्यासेज आएको १० मिनेटमै हामी अस्पताल पुगेका थियौं । हामी अस्पताल पुग्दा बैंकको समयअनुसार रातको करिब साढे ११ बजेको थियो । पारस सरकारको स्थिति निकै गम्भीर भइसकेको थियो । बाँच्ने आशा हराउँदै गएको थियो ।
हामी अत्तालियौँ, के गर्ने के नगर्ने भयो । डाक्टरहरुलाई भन्यौ, ‘उहाँ पारस नेपालका पूर्वयुवराज हुनुहुन्छ ।’ यति भनेपछि डाक्टरसहरुले निक्कै मिहिनेत गरे । डाक्टरहरुले उहाँलाई पुरै घेरे । मुटुको धड्कन खुलाउन लगातार पम्प दिन थाले । तत्काल कुनै सुधार देखिएन । अवस्थामा सुधा नदेखिएपछि त्यहाँको भाषामा एकजना डाक्टरले भने, ‘अब सिद्धिए ।’ हामी झनै आत्तियौं । अव के गर्ने ? स्थिति अत्यन्तै गम्भीर भयो ।
सुनील खड्काले नेपालमा पारसको नातेदारलाई फोन गर्न थाले उनले सुरुमा शाही नातेदार राजीब शाहीलाई फोन गरी पारसको अवस्थाबारे जानकारी गराए । त्यसपछि काठमाण्डौंमा उनले चिनेका साथी र पत्रकारहरुलाई पनि फोन गरे । त्यतिबेलासम्म अस्पतालमा पारसकी केटी साथी लिन, म, सुनील, सुनीलकी श्रीमती निता, तुलबहादुर पुन, र विजयपन जोन्छे मात्र थियौं ।
डाक्टरहरुले कृत्रिम श्वास-प्रश्वास दिएर छाती थिच्ने गरिरहेका थिए । केही बेरपछि डाक्टरले आशा देखाए । हामी पनि ‘ट्राई’ गर्न भनिरह्यौं । फेरि डाक्टरहरुले भने ‘सिद्धिए ।’ हामी त अत्तालियौं । साहस बटुलेर फेरि डाक्टरहरुलाई भन्यौं, ‘अझै ट्राई गर्नुहोस ।’ तर, भित्रभित्रै आश त मारिसकेका थियौं । डाक्टरले करिब डेढ घन्टापछि फेरि आशा जागेको बताए । त्यसपछि भने उहाँ अब बाच्नुहुन्छ कि जस्तो लाग्यो । उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।
भोलिपल्ट ९ फागुनमा पनि पारस शाहको स्थितिमा सुधार देखिएन, गम्भीर नै थियो । भोलिपल्ट दिउँसो भने मलाई उहाँको उपचारमा संलग्न एक डाक्टरले ‘पारस अब बाँच्छन्,’ भनेर म्यासेज पठाए । त्यसपछि भने हामी ढुक्क भयौ । तर अस्पतालले निकाल्ने विज्ञप्तिमा भने पारसको स्वास्थ्य अवस्था गम्भीर भनेर आइरर्‍यो । अन्ततः उहाँको अस्पताल भर्ना भएको १२ दिनमा होस खुल्यो । मृत्युको मुखबाट बाँचेर उहाँ यही साता डिस्चार्ज हुँदै हुनुहुन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger