Widgets

Home » » पेट्रोलियम कारोबार निजी क्षेत्रलाई दिएको बिरोधमा ब्यापारीकै आन्दोलन !

पेट्रोलियम कारोबार निजी क्षेत्रलाई दिएको बिरोधमा ब्यापारीकै आन्दोलन !

Written By sangalo on Saturday, March 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

११ चैत, काठमाण्डौ । ब्यापारी स्वभावैले नाफा खोज्छन र नाफाका लागि सरकारसँग जायज/नाजायज सवै तरिका अपनाएर अधिकार माग्छन । तर नेपालका पेट्रोलियम ब्यापारी यस्ता भेटिए जो सरकारमा सिमिति पेट्रोलियम कारोबारको एकाधिकार तोड्न नहुने र निजी क्षेत्रलाई सहभागी बनाउन नहुने पक्षमा उभिएका छन । उनीहरुले सरकारको यो निर्णय फिर्ता गराउन आन्दोलनमा जाने निर्णय गरेका छन ।
nepal oil nigamसरकारले हालै इन्धन कारोबारमा निजी क्षेत्रलाई पनि सहभागी बनाउने गरि राजपत्रमा सूचना प्रकाशन गरेको थियो । जसले सरकारी संस्था आयल निगमको बर्षौंदेखिको एकाधिकार तोड्ने प्रकृया सुरु गरेको थियो ।
राजधानीमा शनिवार बोलाइएको पेट्रोलियम डिलर एसोसिएसन, एलपी ग्यास उद्योग संघ र पेट्रोलियम ढुवानी ब्यबसायी महासंघको संयुक्त वैठकले सरकारको निर्णय विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको आइतवारको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
पेट्रोलियम कारोबारमा निजी क्षेत्रको प्रवेशपछि बजार प्रतिस्पर्धी हुने, आपूर्ति सहज हुने र अन्तराष्ट्रिय बजार मूल्य अनुसार नेपालमा पनि मूल्य समायोजन हुने बिश्वाससहित निजी क्षेत्रलाई खुला गरिएको थियो । तर आयल निगमलाई माध्यम बनाएर अहिले पेट्रोलियम पदार्थको ब्यापार गरिरहेका ब्यापारीको स्वार्थमाथि धक्का लाग्ने भएपछि उनीहरु सरकारी निर्णयको विपक्षमा उभिएको एक सरकारी अधिकारीले बताए । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि सरकारी निर्णयप्रति आयल निगमका अधिकारीहरु पनि सन्तुष्ट नरहेको बताइएको छ ।
नयाँ प्राबधानअनुसार पेट्रोलियम पदार्थको प्रसोधन गर्न चाहाने कम्पनीले २० अर्ब, पेट्रोलियम पदार्थ आयात गर्न चाहानेले १० अर्ब, ग्यास आयात गर्नेले ५ अर्ब र ग्यास रिफिलिङ गर्नेले ५० करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनी स्थापना गर्नुपर्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger