भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

मेरो नाम देवीमाया हो र पूर्वी नेपालको एक गाउँमा बस्छु । केही वर्ष पहिले म कुवेतमा एक घरमा काम गर्थें । त्यसबेला मेरा श्रीमान साउदी अरबमा काम गर्नुहुन्थ्यो । कुवेतमा एक अपरिचतले मलाई बलात्कार गर्यो । जब मैले आफ्ना श्रीमानलाई यसबारे भनंे, उहाँले निकै सहानुभूति दिनुभयो र घटनामा मेरो कुनै गल्ती छैन भनेर चिन्ता नलिन आग्रह गर्नुभयो । साथै मलाई कुनै नराम्रो व्यवहार नगर्न नेपालमा रहेका परिवारका सदस्यहरुलाई सम्झाउने आश्वासन दिनुभयो । घटनापछि म भने निकै असहायः महसुस गरिरहेकी थिएँ र घर र्फकन चाहन्थेँ । पटक-पटक आग्रह गर्दा पनि मालिकले सुनुवाइ नै गरेन । बलात्कारीको पहिचान नभएकाले कुवेत पुलिससमक्ष उजुरी दिन पनि सकिँन । जब मेरो पेटमा तीन महिनाको बच्चा छ भन्ने थाहा पाए, त्यसपछि मालिकले नेपाल फर्कन भने । म फर्किएपछि माइतीका बाबुआमाले मलाई स्वीकार गर्ने नगर्नेबारे घरकासँग सोधे । मेरा श्रीमान पेटमा भएको बच्चासमेत स्वीकार गर्न तयार भएपछि सासू ससुराले पनि स्वीकार गर्नर्ुभयो । केही दिनपछि नै सासु ससुराको व्यवहार बदलियो र मलाई कुटपिट गर्न थाल्नुभयो । उहाँहरुले मलाई घर छाड्न भन्नुभयो तर, मैले मानिँन । त्यसपछि उहाँहरुले मलाई केही नभनी घरमा भएको सबै सरसामान लिएर अर्कै घरमा बस्न थाल्नुभयो । मलाई थाहा छ, शायद अब विदेशमा रहनुभएका मेरा श्रीमानले पनि मलाई स्वीकार गर्नुहुन्न । मेरो ८ वषर्ीय छोरालाई पनि सुसू सुराले लिएर गएका छन् । उनीहरुले मलाई म बस्दै आएको घरसमेत बेचिदिने धम्की दिइरहेका छन् । म बस्दै आएको घर झुप्रो छ र छत चुहिन्छ । घर बिक्री गर्न नदिनका लागि एक गैरसरकारी संस्थाको सहयोगमा अदालतमा मुद्दा दायर गरेकी छु । थोत्रे घर मर्मत गर्ने मसँग पैसा छैन । मलाई दुई छाक खान एक दलायु महिलाले दिएकी छन्, जो मेरो श्रीमानका टाढाको नातेदार पर्छिन् । कुवेतबाट फर्किएपछि मैले छोरीलाई जन्म दिएको छु, जो विकलांग छिन् । समाजका मानिसहरु म

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.