Widgets

Home » » तीन बर्ष देखि जापानमा नेपाली युवती बेपत्ता हेर्नुत ...........

तीन बर्ष देखि जापानमा नेपाली युवती बेपत्ता हेर्नुत ...........

Written By sangalo on Sunday, March 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


 जीउने सपना देख्दै जापान पुगेकी एक युवती करिव तीन बर्षदेखि बेपत्ता छिन् । सन् २००८ अप्रिलमा जापानको फोकुओकास्थित एसिया जापानिज एकडेमीमा जापानी भाषा अध्ययनका लागि आएकी सबिना महर्जन सन् २००९ यता कसैको सम्पर्कमा छैनन् ।ललितपुर पाटन स्थायी घर भएकी सबिना फुकुओकाको मिनामी कुनोमामा रहेको ताकामिया स्टाइल भ्युको ६०१ नम्बर कोठाबाट २००९ अगष्ट २७ तारिकमा एकाएक सम्पर्कबिहीन भएकी हुन् । पाटनस्थित स्ट्यान्डर्ड जापानिज भाषा स्कुलबाट फुकुओका पुगेकी सबिना आफ्नै कोठाबाट हराएको ३ बर्ष बितिसक्दा पनि अनुसन्धान गरिरहेको प्रहरीले महर्जनको जानकारी पाउन सकेको छैन। सबिना सम्पर्कबिहीन भएलगत्तै स्थानीय प्रहरीलाई जानकारी गराई खोजी कार्यको लागि अनुरोध गरिएको थियो । तर अहिलेसम्म पनि प्रहरीले सबिनालाई पत्ता लगाउन सकेको छैन् । अनुसन्धान गरिरहेको प्रहरीले पनि ‘अनुसन्धान जारी छ’ भन्नेबाहेक केही नबताएको एसिया जापानिज एकडेमीमा कार्यरत धर्मराज अधिकारी बताउनुहुन्छ। उहाँका अनुसार घटनालगत्तै यहाँस्थित नेपाली राजदुतावास, यहाँका संघसँस्थाहरु एनआरएन जापान, नेपाली बिद्यार्थी समाज (नेसाज) लगाएतका सँस्थाहरुलाई खोजतलासका लागि अनुरोध गरिएको थियो । उनको परिवारले पनि नेपालको परराष्ट्र मन्त्रालयलाई खोजी गरिदिन अनुरोध गरेका थिए । सुरुसुरुमा कतिपयले सबिना लुकेको हुनसक्ने अनुमान गरेका थिए । तर, समय बित्दै जाँदा उनी परिवार, साथीभाई र आफन्तजनको सम्पर्कमा पनि आइनन् । ३ वर्ष बितिसक्दा पनि उनको अत्तोपत्तो नपाइनुले घटना झनै रहस्यमय बनेको छ । नेपाली बिद्यार्थी सम्पर्कबिहीन भएको ३ वर्ष बितिसक्दा पनि घटनाबारे न त यहाँको दुतावासले गहिराईमा पुगेर खोजीको लागि तत्परता नै देखाएको छ न त यहाँ रहेका सामाजिक संघ सस्थाहरुले नै । सबै नेपालीको अभिभावकको रुपमा रहेको दूतावासले केहि पहिले आफ्नो आधिकारिक होमपेजमा सार्वजनिक सूचना जारी गरेर झारा टार्ने बाटो गर्यो भने एनआरएन लगायतका संस्थाहरु सविना खोज्नेतिर गम्भिर नदिखएको परिवारले गुनासो गरेको छ । परिवारको पीडा सविनाका बुबा सानु महर्जन छोरी हराएदेखि बिलखबन्दमा छन् । एक दिनअघि हाँसिखुसी करिव आधा घण्टा फोनमा कुरा गरेकी एकाएक हराएको सुन्दा उनी छाँगोबाट खसेजस्तै भएका थिए । त्यसपछि उनले नेपालमा परराष्ट्र मन्त्रालय र प्रहरीमा जाहेरी दिए भने जापान पुगेरै छोरीको खोजी पनि गरे । तर, न त उनले छोरीको पत्तो लगाउन सके नत कसरी हराइन भन्ने अनुमान नै । महर्जनका अनुसार छोरीसँग खातामा करिव २ लाख ८० हजार येन थियो भने काम गरेको ठाउँबाट १ लाख २१ हजार तलव लिनै बाँकी थियो । त्यसमाथि बाबुले दिएको दुई हजार डलर पनि उनले साटेकी थिइनन् । ‘छोरीलाई पैसाको अभाव पनि थिएन भिसा पनि थियो’ महर्जनले काठमाण्डौमा टोक्यो नेपालसँग भने-’उनलाई भाग्नुपर्ने कुनै कारण थिएन, त्यस्तो योजना पनि थिएन, त्यसो भए त हामीलाई पक्कै भन्ने थिइन् ।’ आफु एक्लै भएकाले दिदीलाई पनि जापान ल्याउने योजनामा थिइन् सविना । दिदीले काठमाण्डौमै जापानी भाषा अध्ययन गरेर एप्लाई गर्ने तयारीमा थिइन् । दिदी-बहिनी सँगै बस्ने भन्दै खुसी भइरहेकी सबिना एकाएक हराएपछि परिवारले उनलाई कसैले अपहरण गरेर बेपत्ता बनाएको अनुमान गरेको छ । ‘त्यहाँ धेरै केटीहरुलाई त्यसरी अपहरण गरेर बेपत्ता बनाउने गरेको थाहा पाएँ’- बुबा सानु महर्जनले भने-’यसैले हो बेपत्ता बनाउने भनेर किटान गर्न सक्दैनौं, आफ्नै नेपालीलाई शंका पनि कसरी गर्नु ?’ उनले चलाउने साइकल केही दिनपछि बाटोमा भेटिएको प्रहरीले जानकारी दिएको थियो । यसको मतलव उनलाई बाटोबाटै अपहरण गरिएको हुनसक्ने परिवारले अनुमान गरेको छ । शिक्षा दिक्षा दिएर, १५ लाख रुपैयाँ लगानी गरेर छोरीको उज्जल भबिष्य बनाउने सपना साकार पार्न लाउँला खाउँला भन्ने उमेरकी छोरी जापान पठाएको महर्जन परिवार यतिखेर इन्तु न चिन्तुको अबस्थामा छ । ‘खै के भन्नु र हजुर ? म त केही बोल्न र सोच्न सक्ने अबस्थामा छैन’ महर्जनले भने-’छोरी हराएको ४१ महिना भइसक्यो, अब त आश मर्न लागिसक्यो ।’ छोरीको कसैसँग अफयेर नभएको बताउँदै उनले अपराधिक समूहले अपहरण गरेर बन्धक बनाएको हुनसक्ने बताए । ‘नेपालीहरुकै मिलेमतोमा छोरीलाई अपहरण गरेर बेचेको हुनसक्छ’ सबिनाका बाबुले भने- उ आफै मरेको, भागेको वा हराएको भन्ने कुनै आधार छैन् ।’ जापान पुगेर अनुसन्धानमा संलग्न प्रहरी, त्यहाँ संघसंस्था र भाषा स्कुलका मानिससँग हारगुहार गरेपनि छोरी पत्ता लाग्न नसकेको उनले सुनाए । फुकुओकामात्र हैन, टोक्यो पुगेर नेपाली राजदूतसँगै प्रहरी प्रमुखसँग भेट गरे पनि छोरीको कुनै पत्तो लागेन् । तत्कालिन परराष्ट्र सचिव मदनकुमार भट्टराई यतिखेर जापानका लागि नेपाली राजदूत छन् । जसले महर्जन परिवारको उजुरी लिएर धेरैपटक कुराकानी पनि गरेका थिए । महर्जन परिवारले त्यहाँको नेपाली समुदायले छोरीको खोजीका लागि स्थानीय प्रशासनलाई दबाब दिन नसक्दा र सहयोग नगर्दा छोरीको खोजीमा ढिलाई भइरहेको महसुस गरेको छ । निर्दोष भएर पनि जापानमा जेल जीवन बिताउन बाध्य मैनालीलाई सहयोग गर्न तत्पर भएजस्तै सविनाको खोजीका लागि पनि नेपाली समुदाय र अधिकारकर्मी तत्पर भए छोरी भेटिने आशमा महर्जन परिवार छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger