भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली र स्थानीय मलेसियनविच झडप हुँदा २ जना गम्भिर घाइते भएका छन् । घटनामा ६ नेपाली कामदारको मृत्यु भएको हल्ला भएपनि त्यसको पुष्टी नभएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । ’दूतावासका कर्मचारी अस्पताल पुगेर घाइतेहरुलाई भेट्नुभयो’ मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराइले अनलाइनखबरसँग भन्नुभयो-’तर अस्पतालमा नेपालीहरुको शव पनि भेटिएन, प्रहरीले पनि नेपालीको मृत्यु भएको पुष्टी गरेन ।’

नेपाली कामदार बसेको होस्टेल
घाइते दुई जनामात्र भेटिए
जोहोरको सुल्तान अस्पतालमा महमतपुर रौतहटका रामलाल साहु र सामरी-४ नुवाकोटका राजु वम्रेल -विश्वकर्मा) को उपचार भैरहेको छ । साहुको दुई खुटटा र दुई हात भाँचिएको छ र उनी वोल्न नसक्ने अवस्थामा छन् भने राजुको टाउको भन्दा तल आँखामाथि गहिरो चोट लागेको छ । यी दुई जनाबाहेक कोहि पनि हिजोको घटनामा परी अस्पताल नआएको अस्पतालले जानकारी दिएको छ ।
दूतावासका दृतिय सचिव चक्र सुवेदीले अस्पताल भर्ना भएका दुई घाइतेसँग कुराकानी गरी घटनाबारे जानकारी लिनुभएको छ । उनीहरुले दिएको जानकारीअनुसार नेपाली नेपालीवीच भएको बिबादमा एउटा पक्षले स्थानीय युवाहरु ल्याएपछि झडप भएको थियो ।घटनाबारे जानकारी लिन अहिले सुबेदीसहितको टोली घटनास्थल पासिरगुडाङको प्रहरी चौकी र झडप भएको होष्टलमा समेत पुगेको थियो । घटनास्थल पुगेका हाम्रा सहकर्मी भीम तामाङका अनुसार अहिले त्यहाँको अबस्था शान्त छ । सुबेदीले घाइते र मृतक नेपालीबारे प्रहरीसँग सोध्दा कुनै पनि नेपालीको मृत्यु नभएको जानकारी दिएको छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जना नेपाली र दुई जना म्यानमारका गरी ८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई श्रीआलमो आईपीडी अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका नेपालीहरुमा अमन गुप्ता, पवन साह, मनोज सुनार, निलकण्ठ जैसी, दलवहादुर वयम्वु, प्रकाश राई, सन्तोष पौडेल र रमेशवहादुर भुजेल रहेका छन् ।
श्रमिकको भनाई
आइतवार दिउँसो करीव साढे २ वजेतिर कम्पनीवाट काम सकेर होस्टल तर्फ आईरहेको वखत स्थानिय व्यक्तिसंग सामान्य भनाभन भएपछि साझँपखवाट झडपको शुरुवात भएको नेपाली श्रमिकहरुले वताएका छन । को संग के बिषयमा विवाद परेको थियो भने आफुहरुले समेत थाहा नपाएको उनीहरुको भनाई छ ।साँझ स्थानिय ब्यक्तिहरु हतियारसहित होस्टलमा आएको वताईएको छ । उनीहरुले अन्धाधुन्ध कुटपिट गरेको नेपाली श्रमिकहरुले वताएका छन । ‘भर्खरै डिउटि सकेर होस्टलमा आएका थियौ हतियार लिएका स्थानियहरु होस्टलमा देखेपछि भागेर ज्यान वचायौँ’-धनुषा घर भएका तपेश्वर यादवले भने ।
ब्लक न २० मा रहेको पाचतले उक्त होस्टलमा बिभिन्नि कम्पनीका करीव तीन सय जना नेपालीहरु वस्दै आएको वताईएको छ । त्यसमध्ये दुईवटा कम्पनीका श्रमिकहरुलाई राती नै होस्टल परिवर्तन गराईसकेको एक नेपालीश्रमिकले अनलाइनखवरलाई जानकारी गराए । हिजो साझँको घटनामा रामलाल साहु र राजु वम्रेल गम्भिर घाईते प्रत्यक्ष रुपमा आफुले देखेको सागरले बताए । हिजो रातभरी त्यस क्षेत्रको अवस्था तनाव भएपनि विहानपखवाट केहि सामान्य वन्दै आएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.