भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, चैत १२ (नागरिक)- मलेसियामा नेपालीको हत्या गरिएको भन्ने हल्ला चलेपछि नेपाल प्रहरीले काठमाडौंमा रहेका मेनपावर कार्यालय वरपर सुरक्षा बढाएको छ। मान्छे धेरै आवत्जावत हुने मुख्य चोकहरु तथा मेनपावर कार्यालय वरपर प्रहरी पेट्रोलिङ बढाएको हो।
'भिजिलेन्स अलि बढाउन निर्देशन दिएका छौं', महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख नवराज ढकालले नागरिकन्युजसँग कुरा गर्दै भने- 'पेट्रोलिङलाई पनि बढाउन भनेका छौं।' हल्लाका कारण अप्रिय अवस्था उत्पन्न हुनसक्नेतर्फ सचेत रहँदै प्रहरीले सतर्कता बढाएको हो। मान्छेहरुको बढी आवत जावत हुने स्थान र मेनपावर कार्यालय नजिक सुरक्षा बढाउन निर्देशन दिएको उनले बताए।
इराकमा १२ नेपालीको हत्यापछि काठमाडौंमा दंगा भड्किँदा मेनपावर कार्यालयहरु निसानामा परेका थिए। ८ वर्षअघिको सो घटना स्मरण गर्दै सुरक्षा सतर्कता बढाइएको हो।
मलेसियाको जोहोरस्थित पासिर गुडाङमा रहेको एक कम्पनी होस्टलमा विवाद हुँदा २ जना नेपाली घाइते भएका छन्। उक्त घट्नामा नेपालीको मृत्यु भएको हल्ला चले पनि परराष्ट्र मन्त्रालय र क्वालालाम्पुरस्थित नेपाली दूताबासले मृत्यु नभएको उल्लेख गरेका छन्।
यसैबीच क्वालालाम्पुरमा रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितिय उपाध्यक्ष कुमुद खनालले टेलिफोनमा जानकारी दिएअनुसार घटनामा एक जना नेपाली गम्भीर घाइते भएका छन्। झगडापछि स्थानीयहरु होस्टेल प्रवेश गरेर हाम्रा मान्छे किन कुटेको भन्दै धम्क्याउन थालेपछि भाग्ने क्रममा लडेर घाइते भएको उनले बताए। जुहारस्थित आसिर बुडानमा नेपाली कामदारहरुको बाक्लो बसोबास छ। सुरक्षाका कारण उनीहरुलाई होस्टलबाट अन्यत्रै सारिएको जानकारी खनालले दिए।
यसैबीच मलेसियाको घटना बारे छलफल गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आकस्मिक बैठक बस्दैछ। 'हल्ला हामीले पनि सुन्यौं', संघका अध्यक्ष बलबहादुर तामाङले नागरिकन्युजसँग भने- 'सुरक्षा निकायसँग निरन्तर सम्पर्कमा छौं केही समस्या छैन।' हाम्रो सुरक्षामा केही समस्या छैन।'
+ comments + 1 comments
Kta haru aafai aafai jhagada garera marxan bhane Manpower ko k Dosh ... Ati chahi garnu hunna hai ,,,,,,,,,,,,,,,
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.