भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

९ चैत, काठमाडौं । राष्ट्रिय सम्मेलन आयोजक कमिटी सच्याउन माग गर्दै आएको अनेरास्ववियुको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गर्ने भएको छ । संस्थापन पक्षले पार्टी निर्देशन विपरीत बैठक गरेको भन्दै असन्तुष्ट पक्ष छुट्टै कमिटी निर्माणमा जुटेको हो । ‘हामीले राष्ट्रिय कार्यकर्ता भेला बोलाएर कमिटी गठन गर्ने तयारीमा लागेका छौं’ असन्तुष्ट पक्षकी नेतृ राधिका खतिवडाले अनलाइनखबरसित भन्नुभयो ।
नेतृ खतिवडाले चैत २९, ३० र ३१ राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको जानकारी दिनुभयो । असन्तुष्ट पक्षले भेला बसाल्ने र उस्काउने नेताहरु पार्टी सचिव शंकार पोख्रेल र नेता भानुभक्त ढकाललाई कारबाही गर्न पार्टीको अनुशासन विभागसंग माग गरेको छ ।
एमाले अध्यक्ष झलनाथ खनालले संगठनभित्रको समस्या समाधान नहुँदासम्म गतिबिधि नगर्न अखिलका दुवै पक्षलाई निर्देशन दिनुभएको थियो । खनालको निर्देशन लगत्तै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा गर्दै आएको अनसन स्थगित गरेपनि संस्थापन पक्षले भने बैठक जारी राखेको थियो । असन्तुष्ट पक्ष समानान्तर कमिटी निर्माणको तयारीमा लागेपछि अनेरास्ववियुभित्रको विवाद थप चुलिएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.