Widgets

Home » , » गाजरका १० गुन

गाजरका १० गुन

Written By Unknown on Friday, March 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

खानामा सलादको रुपमा, अचार बनाएर वा खाली चपाएर पनि हामीले गाजर खाइरहेका हुन्छौँ । खासै महंगो नपर्ने, देख्दा पनि राम्रो र खाँदा पनि मीठो हुने भएकाले गाजर हाम्रो भान्साको अभिन्न अंग नै बनेको हुन्छ ।हामीले गाजर त खाइरहेकै हुन्छौँ तर यसको फाइदाका बारेमा उतिसारो जानकारी नहुनसक्छ । गाजर खानुको फाइदा वा महत्व नबुझेकै कारण हामीले यसको सेवनलाई नियमित नबनाएका पनि हुनसक्छौँ । आखिर गाजर कत्तिको हितकारी तरकारी हो त ? यसका फाइदा के के छन् ? एकछिन मन्थन गरौँ : १.आँखाको शक्ति बढाउँछ – गाजर आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । गाजरमा प्रसस्तै बिटा क्यारोटिन नामक तत्व पाइन्छ जुसबाट भिटामिन ए बन्दछ । गाजरको नियमित सेवनले भिटामिन एको कमीले हुने रतन्धो लगायतका रोगको जोखिम कम हुन्छ र मान्छेको दृश्यक्षमता बढ्छ । २.क्यान्सरबाट बचाउँछ – अध्ययन अनुसार गाजरको सेवनले कलेजो, स्तन तथा आन्ध्राको क्यान्सरको खतरा कम गर्छ । गाजरमा पाइने फालक्यारिनोल तथा फालक्यारिन्डायोल तत्वमा क्यान्सर प्रतिरोधी गुण हुन्छ । ३.बुढ्यौली रोक्छ – यद्यपि बुढ्यौली सर्वव्यापी सत्य हो । तर नियमित रुपमा गाजर खानाले वै्शमै बुढो देखिने समस्या कम हुन्छ । अर्थात् गाजरले मानिसलाई जवान बनाउँछ । गाजरमा हुने एन्टीअक्सिडेन्ट नामक तत्वले कोषको क्षयीकरण रोक्छ र बुढ्यौलीका लक्षण कम गर्छ । ४. छालाको चमक बढाउँछ – भिटामिन ए, एन्टिअक्सिडेन्ट लगायतका तत्वले छालालाई घामले डढ्नबाट बचाउँछ । गाजरको नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने लगायतका समस्या कम हुन्छन् । ५.घाउ निको पार्छ – गाजरलाई लेदो बनाएर चोटपटक वा घाउमा लेप लगाएमा घाउमा संक्रमण हुन पाउँदैन र घाउ छिटो निको हुन्छ । ६.अनुहारको सुन्दरताका लागि गाजरको लेप बनाएर मज्जाले लगाउने, केहीबेर राख्ने र पखाल्ने गर्न सकिन्छ । यसो गरेमा अनुहारको छाला चमकदार बन्छ र विभिन्न खाले धब्बा पनि हट्छन् । ७.हृदयरोगबाट बचाउँछ – गाजरमा बिटा क्यारोटिन, अल्फा क्यारोटिन तथा ल्युटिन जस्ता तत्व पाइन्छ जसले मुटुका विभिन्न रोगको जोखिम कम गर्छ । गाजरको नियमित सेवनले रगतमा कोलेस्टेरोलको मात्रा कम गर्छ । गाजरमा प्रसस्त फाइबर पनि पाइन्छ । ८.सरीर सफा गर्छ – गाजरले सरीरमा भएका विषाक्त पदार्थ निष्काशन गर्न सहयोग गर्छ । गाजरमा पाइने भिटामिन ए ले विषाक्त पदार्थ निष्काशन गर्न कलेजोलाई सहयोग गर्छ । यसले कलेजोमा बोसो र पित्तको मात्रा घटाउँछ, साथै आन्ध्रालाई पनि सफा गर्न मद्दत गर्छ । ९.स्वस्थ दाँत र गिजा- नियमित रुपमा गाजर खानेको दाँत, गिजा तथा मुख सफा हुन्छ । मज्जाले गाजर चपाएर खाँदा दाँत सफा हुन्छ र दाँतको बिचमा अडि्कएका खानाका टुक्रा पनि निस्कन्छन् । गाजर खाँदा प्रसस्तै र्याल पनि निस्कन्छ । यो क्षारिय हुने भएकाले मुखमा अमिलोपनबाट उत्पन्न हुने जिवााणु कम गर्नुका साथै पाचन प्रक्रिया पनि ठीक राख्छ । मुख गन्हाउने, तथा दाँत किराले खाने जस्ता समस्याबाट मुक्ति पाउन पनि नियमित रुपमा गाजर खानुपर्छ । १०. हृदयाघातबाट बचाउँछ- अमेरिकाको हार्वाड विश्वविद्यालयमा गरिएको अनुसन्धानले हप्तामा ६ वटा भन्दा बढि गाजर खाने मान्छेमा हृदयाघातको खतरा कम हुन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger