Widgets

Home » » Windows 7 मा Hard Drive लाई फरम्याट नगरि कसरी Partition गर्ने ?

Windows 7 मा Hard Drive लाई फरम्याट नगरि कसरी Partition गर्ने ?

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

टेक्निकल दुनियाँमा नयाँ नयाँ अपरेटिङग सिस्टमको आगमन सँगै पुरानाको तुलनामा अझ धेरै सुबिधाहरु थपिएर आएका छन । हालै चलन चल्तीमा रहेको अपरेटिङग सिस्टम Windows 7 तथा Vista मा Disk Partition सजिलै गर्न सकिन्छ । पुराना अपरेटिङग सिस्टममा एक चोटि Partition गरिसकेको Hard Drive लाई फेरी partition गर्नु परेमा Format नै गर्नु पर्ने समस्या हालका अपरेटिङग सिस्टममा छैन । यहाँ चर्चा गर्न लागिएको सिस्टम windows 7 मा तपाईंले सजिलै कम्प्युटर फरम्याट नगरीकनै आफ्नो hard drive लाई Partition गर्न सक्नु हुनेछ । Disk management मा उपलब्ध Shrinking र expanding utility प्रोग्रामको सहायताले तपाईंले Partition मात्र हैन drive डिलिट तथा re-size पनि गर्न सक्नु हुनेछ । 
अब यहाँ Hard Drive लाई कसरी partition गर्ने भन्ने बारे Step by Step चर्चा गरौ :

१) सर्वप्रथम "start" बटनमा क्लिक गरौ, त्यहा देखिएको "Computer" मा राईट क्लिक गरौ र "manage" option मा जाऔ ।

२) "Computer Management" नामको नयाँ window खुल्नेछ, त्यहा "Storage" मा क्लिक गरौ र "Disk Management" मा जाऔ ।

३) "Disk Management" मा गईसकेपछि तपाईंले आफ्नो कम्प्युटरमा भएको Drive हरु देख् न सक्नुहुनेछ ।

४) अब तपाईंले कुन drive लाई partition गर्न खोज्नु भएको हो त्यो "Drive" लाई राईट क्लिक गर्नुहोस् र "Shrink Volume" option लाई छान्नुहोस् ।

५) नयाँ window खुल्नेछ जसमा उक्त Drive को Size, Partition को लागि उपलब्ध space र नयाँ partition मा कति amount को space भएको Drive बनाउने भन्ने option हुनेछ । त्यहा तपाईंले नयाँ Partition गर्दा बन्ने drive कती space को बनाउने हो त्यो Value भर्नु पर्नेछ । याद राख्नुहोस् त्यहा Size of available shrink space मा देखिएको भन्दा बढी Space Value त्यहा राख्न पाउनु हुन्न ।


६) Value राखीसकेपछि Shrink बटन क्लिक गर्नुहोस् र procress सकिन केही समय पर्खिनुहोस् । operation सकिएपछि त्यहा तपाईंले unallocates space र तपाईंले अघि राख्न नु भएको exactly value भएको खाली drive देख् नु हुनेछ । अब त्यो unallocated space लेखिएको drive लाई सेलेक्ट गर्नुहोस् र राईट क्लिक गरेर "New Sample Volume" option मा जानुहोस् ।

७) त्यहा नयाँ बन्ने Volume को लेटर कुन राख् ने छान्नुहोस् र next बटन क्लिक गर्नुहोस् ।
८) अब Format पेज देखिनेछ यहाँ निर ध्यान दिनुहोस् कि File System NTFS सेलेक्ट गर्नुहोस् र Volume Label मा उक्त volume को नाम कुन राख् ने हो लेख्नुहोस् ।


९) Next बटन क्लिक गर्नुहोस् र अन्तिममा Finish गर्नुहोस् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger