Widgets

Home » » अपडेट : मादी नदीमा बस खस्यो, १२ को मृत्यु, १० को उद्दार

अपडेट : मादी नदीमा बस खस्यो, १२ को मृत्यु, १० को उद्दार

Written By sangalo on Saturday, July 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ असार, काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत तनहुँ दमौलीबाट मादी नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको छ । १० जनाको जिवितै उद्दार गरिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी उपरीक्षक देवबहादुर बोहोराले जानकारी दिनुभयो ।
madi-Accident
पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको ना ४ ख ४६८४ नम्बरको बस शनिबार अपराहृन मादी पुलबाट नदीमा खसेको हो । बसको अधिकांश भाग पानीमा डुबेको छ । अहिले बसलाई क्रेनले नदीबाट निकाल्ने प्रयास भइरहेको छ ।
पुलमा लगाइएको बार भत्काएर बस विपरित दिशातर्फबाट नदीमा खसेको छ । प्रत्यक्षदर्शीका अनुसार पुलमा हिडिरहेका बच्चाहरुलाई बचाउने क्रममा अनियन्त्रित भएको बस पुलबाट नदीमा खसेको थियो ।
बसमा रहेकाहरुको खोजी तथा उद्दार जारी छ । उद्दारका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी जुटेका छन् । बसमा २५ जना रहेको आशंका गरिएको छ ।
madi-Accident-1
नदीमा खस्ने क्रममा बसले भत्काएको पुलको बार ।
madi-Accident-2
उद्दारका क्रममा पुलमा पुगेका स्थानीय र सुरक्षाकर्मीहरु ।
तस्वीर सौजन्यः डम्बर अधिकारी

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger