Widgets

Home » » ९ कक्षादेखि नै इन्जिनियरिङ

९ कक्षादेखि नै इन्जिनियरिङ

Written By sangalo on Sunday, May 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

engineering

धरान, जेष्ठ १३ - इन्जिनियरिङ पढ्न अब लाखौं रुपैयाँ चाहिँदैन । न एसएलसी र प्लसटु गरेर प्रवेश परीक्षाका लागि भौंतारिँदै हिँड्नुपर्ने अवस्था आउने छ । सामुदायिक विद्यालयको कक्षा ९ देखि नै इन्जिनियरिङको पढाइ थालिएपछि गरिब विद्यार्थीलाई यो विषय पढ्न सहज भएको छ । सरकारले यसै शैक्षिक सत्रदेखि लागू गरेको प्राविधिक तथा व्यावसायिक शिक्षा राष्ट्रिय कार्यक्रमले यो सम्भावना बढाएको हो । माध्यमिक तहदेखि नै प्राविधिक विषय पठनपाठन गर्ने/गराउने नीतिअन्तर्गत धरानस्थित सामुदायिक शिक्षा निकेतन उच्चमाविमा आइतबारदेखि कक्षा ९ को सिभिल इन्जिनियरिङ पढाइ सुरु गरिएको छ । यो पूर्णतः निःशुल्क हो । विद्यार्थीहरूसँग कुनै अतिरिक्त रकम नलिएको विद्यालयले जनाएको छ । शिक्षा विभागले सार्वजनिक सूचनामार्फत नयाँ नीतिअन्तर्गत ५ वटा प्राविधिक तथा व्यावसायिक विषयमध्ये एक पठनपाठन गर्न इच्छुक सामुदायिक उच्च माविहरूलाई प्रस्तावपत्र आह्वान गरेअनुसार शिक्षा निकेतनले इन्जिनियरिङ कक्षा सञ्चालनको स्वीकृति पाएको हो । प्राचार्य हिराकाजी बुढाथोकीका अनुसार पहिलो पटक देशभरिका १ सय विद्यालयहरूलाई प्राविधिक विषय पढाउने स्वीकृति दिने कार्यक्रममा २ सय २३ आवेदन परेको थियो । त्यसमध्ये पूर्वाञ्चलमा सुनसरीको शिक्षा निकेतन र मोरङको सुकुना उच्चमाविले कक्षा ९ देखि सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन गर्ने स्वीकृति पाएका हुन् । विभागले स्वीकृति दिएका बाली विज्ञान, पशु विज्ञान, कम्प्युटर, इलेक्टि्रकल र सिभिल इन्जिनियरिङ मध्ये माध्यमिक तहमा पहिलो पटक सुरु गरिएको सिभिल इन्जिनियरिङ पाठ्यक्रम चार वर्षे छ । उनीहरूले १ सय पूर्णाङ्कका साविक पाठ्यक्रमको नेपाली, अंग्रेजी, गणित र विज्ञानबाहेक थप ६ सय पूणर्ांकको पाठ्यक्रमसहित १ हजार पूर्णाङ्क पढ्नुपर्ने छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger