Widgets

Home » » विमानबारे अझै अन्योल

विमानबारे अझै अन्योल

Written By sangalo on Friday, March 14, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

us navy

क्वालालम्पुर (बीबीसी), चैत्र १ - मलेसियाली एयरलायन्सको एमएच-३७० विमानले बेपत्ता भएको पाँच घन्टासम्म स्याटलाइटलाई संकेत (सिंग्नल) पठाएको अमेरिकी अधिकारीहरुले बताएका छन् । यसले सम्पर्कविच्छेद भएपछि पनि उक्त विमानले सयौं माइलको यात्रा गरेको पुष्टि भएको छ । सम्पर्क बनाउनलाई विमानले लगातार स्याटलाइटमा सन्देश पठाएको एक अमेरिकी अधिकारीले बताएका छन् । ६ दिनदेखि बेपत्ता विमानलाई खोज्न दर्जनौं मुलुकको खोज समूह जुटेका छन् । उक्त आधुनिक संयन्त्र सम्पन्न ७७७ बोइङले भीड भएको गड्बडीबारे केन्द्रमा खबर गर्न सक्छ । उक्त विमान हिन्द महासागरमा खसेको संकेत मिलेको अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी खोज दल उक्त क्षेत्रमा पुगिसकेको छ । भारतीय नौसेनाले पनि 'अप्रेसन सर्चलाइट' सुरु गरेको छ । विमान राडारबाट विच्छेद भएपछि अन्डमान निकोबार द्वीप समूहतर्फ मोडिएको विश्वास गरिएको छ । झन्डै ९० हजार वर्ग किलोमिटर समुन्द्री क्षेत्रमा विमानको खोजी भइरहेको छ । मलेसियाली एयरलायन्सले बेपत्ता यात्रुको सम्मानमा उडान संख्या एमएच-३७० र ३७१ लाई प्रयोगमा नल्याउने निर्णय गरेको छ ।श्रोत:कान्तिपुर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger