Widgets

Home » » लाहुरे कवि बेलायतमा सेलरोटी बेच्छन्

लाहुरे कवि बेलायतमा सेलरोटी बेच्छन्

Written By sangalo on Saturday, March 15, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

london

लन्डन, चैत्र १ - बेलायतको नाम सुन्नेबित्तिकै धेरै सोच्दा हुन्— यहाँ रूख चढेर पाउन्ड टिपिन्छ, ऐसआराम र विलासी जीवन छ । भूपू बि्रटिस लाहुरे हेम थापा सेठको जीवनशैली हेर्दा माथिका सबै कुरा भ्रम रहेको पुष्टि हुन्छ । बि्रटिस आर्मीमा १५ वर्ष छिचोलेर अवकाश लिएका उनी अहिले लन्डनमा सेलरोटी पकाएर जिन्दगी गुजारा गरिरहेका छन् । 'खान नपुगेर यो पेसा अँगालेको होइन,' गफगाफको सुरुतिरै उनी प्रस्टीकरण दिँदै थिए, 'बेलायतमा नेपालीका भोजभतेर, कर्मकाण्ड बढेसँगै माग बढेपछि सेलरोटी पोल्न थालेको हुँ ।' बेलायतमा काम ठूलो-सानो नमानिने भएर पनि थापालाई आफैं यस्तो व्यवसाय गर्न कत्ति हिचकिचाहट भएन । सामाजिक यथार्थवादी उपन्यास 'बादलपारिको देश' र कविता संग्रह 'लोक व्यथा' प्रकाशित गरिसकेका लाहुरे कवि थापाले लन्डन अल्पर्टनमा भर्खर खुलेको गोर्खा सुपरस्टोरमा ताजा सेलरोटी राख्ने गरेका छन् । गायिका इन्द्रा थापा आफैंले रोटी बनाउँछिन् । चिनियाँ, थाई, अपि|mकी, अंग्रेजी र नेपाली सबै खाना बनाउन माहिर इन्द्राले 'अन्यत्र पाइनेभन्दा उत्कृष्ट सेलरोटी बनाउने गरेको' थापाको दाबी छ । 'बेलायतको फुड स्ट्यान्डर्ड एजेन्सीले अपेक्षा गर्ने बराबरको गुणस्तर छ,' थापाले बखान गरे, 'हामीले लार्ज, मिडियम, स्मल साइज बनाउँछौं । सुगर प|mी चाहने पनि पाउँछन् ।' अनलाइन अर्डरको व्यवस्थासमेत छ । त्यसो त ५० हजार पाउन्ड लगानीमा सञ्चालित उनको स्टोरमा खसी, बँदेल, बंगुर, कालिज, गिरिराज, मृगको मासुदेखि सबै खालका नेपाली खाद्यान्न र विवाह, व्रतबन्ध, रुद्री लगायत हरेक कर्मकाण्डमा चाहिने परम्परागत सामग्री समेत उपलब्ध छन् । एक छोरा, एक छोरी बि्रटिस आर्मीमै सेवारत छन्, थापा भने पारिवारिक व्यवसायतिर । बेलायतमा आफ्नो यो पहिलो व्यवसाय भए पनि थापा आर्मी नोकरी सकिनेबित्तिकै सन् १९९० देखि व्यापार व्यवसायमा लागेका हुन् । हङकङ आईडी वाहक थापाले नेपालमा केही वर्ष पाङ्ग्रे व्यापार पनि सम्हाले, हङकङमा किन्डर गार्डेन चलाए । हङकङ आउजाउ भए पनि ११ वर्षयता बेलायतमा स्थायी बसोबास छ उनको । थापाले तीन एल्बमलाई पुग्ने गीतसमेत लेखेका छन् तर रेकर्ड हुन पाएन । सन् २००६ तिर विदेश बस्ने मगर जातिलाई केन्दि्रत गरेर लेखिएको एउटा गीत रेकर्ड गर्न नेपालमा ३० हजार रुपैयाँ मागेपछि त्यो त्यत्तिकै थन्किएछ । 'सुरुमा ५ हजार रुपैयाँमा रेकर्ड हुन्छ भनेर ओके गरेको पछि बढाउँदा बढाउँदै ३० हजार मागेपछि योजनै त्यागिदिएँ,' थापा नेपालको सांगीतिक बेथिति पोख्छन् । फुर्सद भएसम्म उनले कविता र गीत लेखन त्यागेका छैनन्, बेलाबेला स्थानीय कार्यक्रममा कविता वाचन माहोलमा उनी पनि झुल्किन्छन् । 'एउटा एल्बमचाहिँ छिट्टै ल्याउने जमर्को छ,' कुरा बिट मार्दै सेल सम्हाल्न लागे उनी ।श्रोत :कान्तिपुर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger