Widgets

Home » » प्रचण्ड पक्षधर नेताले भने-बाबुरामको विचार गैरमाक्र्सवादी

प्रचण्ड पक्षधर नेताले भने-बाबुरामको विचार गैरमाक्र्सवादी

Written By sangalo on Sunday, March 16, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

prachanda-baburam

३ चैत, काठमाडौं । एमाओवादीका वरिष्ठ नेता डा. बावुराम भट्टराईद्धारा सार्वजनिक‘ नयाँ विचारको विकास गर्ने’ धारणा विवादमा परेको छ । पुष्पकमल दाहाल पक्षाले ‘गैरमाक्र्सवादी’ भन्दै यसको कडा आलोचना गरेको छ । भट्टराईले गतसाता नेपाल साप्ताहिकमा प्रकाशित ‘ नयाँ शक्तिको खाँचो’ शीर्षक लेख मार्फत यस्तो धारणा व्यक्त गरेका थिए । दाहालले यसैबारे छलफल गर्न आइतवार केन्द्रीय पदाधिकारी लगायतको बेठक बोलाए । ‘माक्र्सवाद र पुँजीवादका सकरात्मक पक्ष जोडेर विचार बनाउनु गैरमाक्र्सवादी हो’ बैठकमा दाहाल पक्षका नेताहरुको भनाई थियो । भट्टराइृले लेखमा नवउदारवादी र समाजवादी दृष्टीकोणभित्रका सकरात्माक पक्षलाई समेटनु पर्ने उल्लेख गरेका छन् ।‘ यी दुवै अपूर्णतालाई अन्त्य गरी नयाँ विचारको गर्नुपर्छ खासमा यी दुइ खालेविपरित होइनन्’ उनले भनेका छन् । मोहन बैद्य नेतृत्व नेकपा माओवादीसँग एकताको चर्चा भैरहेका बेला भट्टराईले अध्यक्ष दाहाल रुपान्तरण नभएको र पार्टी पूर्नगठनका लागी टालटुले बाटो अपनाएको आरोप लगाएका छन् । आइतवार गोगंबुस्थित नीजि निवासमा भएको बैठकमा आफनो नयाँ विचारको बचाउ गर्दै मुल नेतृत्व रपान्तरणमै जोड दिएका थिए । ‘पार्टी निर्माणका लागी मैले धारणा सार्वजनिक गरेको हुँ’ उनको भनाई उद्दृद गर्दै स्रोतले भन्यो ‘ कार्यदिशा स्पष्ट गरेर जानुपर्छ अहिलको आवश्यकता पनि त्यही हो ’ उनको भनाई नेता टोपबहादुर रायमाझीले समर्थन गरेका थिए । ‘तदर्थवादी तरिकाले पार्टी चल्दैन नयाँ ढंगले रुपान्तरण हुन आवश्यक छ ।’ रायमाझीको भनाई थियो , ‘टालटुल गरेरपार्टी बन्नेवाला छैन्द ’ । बैठकमा भट्टराईले नयाँ बिचारको विकास गर्न राष्ट्रिय सम्मेलनभन्दा महाधिवेशनमा गएको भए उचित हुने धारणा राखेका थिए । यता दाहालले डाकेको बैठकमा पोस्टबहादुर बोगटी, कृष्णबहादुर महरा र दिनानाथ शर्माले भट्टराईको आलोचना गरे । उनीहरुकोले पार्टीभित्र धारणा नराख फरक विचार सार्वजनिक गरेकोमा बिरोध गरे ।‘ माक्र्सवाद र नवउदारवादलाई मिासाउने कुरा क्रान्तिकारी हुन सक्दैन ।’ उनीहरुको भनाई थियो । बैठकमा नेता नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोख्रेलले मध्यममार्गी धारणा राखेको कान्तिपुर दैनिकमा खबर छ ।श्रोत :अनलाइनखबर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger