Widgets

Home » , » युरिक एसिड कसरी नियन्त्रण गर्ने ?

युरिक एसिड कसरी नियन्त्रण गर्ने ?

Written By sangalo on Saturday, March 1, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आधुनिक जीवनशैली र खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित भइरहेका छन् । दिर्घकालीन रोगको रुपमा लिइने युरिक एसिडबाट जोगिने केही उपाय छन् । ती पालना गरे तपाईं पनि जोगिन सक्नुहुन्छ । १) शरिरको तौल नियन्त्रण गर्नुहोस् । बढी तौल भएको शरिरमा युरिक एसिड थुपि्रएर बस्दछ र रगतमा प्रसार हुन्छ । २) मासुजन्य खाद्यपदार्थमा प्युरिन रहेको हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्दछ । कलेजो, किड्नी, मुटुजस्ता मांस पदार्थको उपभोग सकेसम्म घटाउनुपर्छ । मासुको सुप, बियरजस्ता यिष्टबाट प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग, खसी, हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छन् । ३) किड्नीको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्ने गर्दछ । त्यसैले दैनिक कम्तिमा १० गिलास पानी पिउनुपर्दछ । ४) क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदिको नियमित सेवन गर्नुपर्दछ । ५) अल्कोहल, कोक, फ्यान्टा, स्प्राइट, पेप्सी, मिरिण्डाजस्ता सफ्ट डि्रँकको सेवन घटाउनु पर्दछ । ६) तेलमा तारेको खानेकुरा कम खानु पर्दछ । तारेको खानेकुरामा भएको तेल तथा फ्याट रेनसिडमा परिणत हुन्छ । रेनसिडको उपभोगले शरिरमा अन्तरनिहित भिटामिन ई नष्ट गरी युरिक एसिड प्रसार हुन्छ । ७) शारीरिक व्यायाम र मानसिक तन्दुरुस्ती नियमित राख्नुपर्दछ ।
स्रोत : अनलाईनखबर 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger