भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
धुम्रपान स्वास्थ्यका लागि हानिकार छ’ भन्ने सन्देश त तपाइले सुन्नु नै भएको होला । तर अब यो सन्देशको रुप फेरिएको छ । भाद्र २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जंजिर’ले यो सन्देशलाई नयाँ तबरले प्रस्तुत गरेको छ ।
चलचित्रमा कलाकार जयकिशन बस्नेत ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ भन्न छोडेर ‘ धुम्रपान स्वास्नीका लागि हानिकार छ’ भन्दै गरेको अवस्थामा देखिने छन् । शोभित बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा जयकिशन बस्नेत, हषिर्का श्रेष्ठ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्र ‘जंजिर’ थकालीमा पाकेको खाना हो भन्न रुचाउछन् निर्देशक बस्नेत । करण क्रेजीको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा मोहनकृष्ण श्रेष्ठको पनि लगानी छ ।
चलचित्रको हाल धमाधम डबिङ कार्य भइरहेको छ । डबिङका लागि नायिका हषिर्का श्रेष्ठ व्यस्त देखिएकी थिइन् । चलचित्रको ‘किन गाह्रो गाह्रो हुन्छ’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । अनलाइनखबरले चलचित्रको डबिङ भइरहेको स्थानमा पुगेर तयार पारेको भिडियो रिपोर्ट :
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.