Widgets

Home » , » साल्मेडाँडाको शक्ति : गोरखालीको ‘मार्केटिङ’

साल्मेडाँडाको शक्ति : गोरखालीको ‘मार्केटिङ’

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
-राजेश राई
गोरखाहरूको विश्वमा दुईवटा विम्ब छन् । ब्रिटिस साम्राज्यको पक्षमा रहेका पश्चिमा मुलुकहरूका लागि गोरखाहरू ‘वीरका पनि वीर’, जसको ‘प्रयोग’ले संसार जित्न सकिन्छ । ब्रिटिसका विपक्षमा रहेकाहरूको बुझाइमा गोरखाहरू ‘रक्तपिपासु’, जसको हातमा मात्र खुकुरी छ, उसको खुसी र सफलता दुस्मनलाई छप्काउनुमा छ । कुनै बेला ब्रिटिसले संसारभर आफ्ना प्रिय ‘वीरका पनि वीर’ गोरखाहरूको यस्तरी ‘मार्केटिङ’ गर्‍यो कि दुस्मनलाई भयभीत पार्न गोरखाहरूको नाम मात्र पनि काफी थियो । फकल्यान्डलगायतका धेरै युद्धमा ब्रिटिसले बम-बारुदले शत्रुलाई ढालेका होइनन्, ‘आयो ! गोरखा’लाई मार्केटिङ गरेर शत्रुको मन गालेका हुन् ।
Gorkha-smarak
यसरी ब्रिटिस साम्राज्य रक्षा र विस्तारका लागि करिब दुई सय वर्षदेखि लड्दै आएका गोरखाहरूले यस अवधिमा अनेक छवि बनाए । उनीहरूमाथि अनेक विम्ब बनाइए । अनेक मानक स्थापित गरियो । गोरखाहरूमाथि पश्चिमाहरूले बनाएका यी चित्रहरू सपाट रूपमा हेर्दा यस्तो लाग्छ- ‘गोरखाहरूले दसकौंदेखि खुकुरी नचाएर उधुम मच्चाइरहेका छन्, जुन उनीहरूको बाध्यता हो ।’ पश्चिमाहरूले यही लेखे । र, अहिलेसम्म उनीहरूको दाबी उही छ- ‘गोरखाहरूले आˆनो भोक, रोक, अशिक्षा र अभावदेखि मुक्ति पाउन बाध्यतावस खुकुरी नचाए । नचाइरहेका छन् ।’ मानौं अभावमा अल्झिरहेका गोरखाहरूलाई बन्दुक दिएर ब्रिटिसहरूले ठूलो कल्याण गरे ।
गोरखाहरूको प्रशंसा गरेर नथाक्ने बेलायती प्रिन्स चार्ल्सले त्यसै भनेका थिएनन्, ‘गोरखाहरू अभावमा बाँचेका थिए, हामीले उनीहरूको कल्याण गर्‍यौं, उनीहरूले हाम्रो रक्षा गरे ।’ यही दाबीलाई लेखेर धेरै बि्रटिस लेखकले ‘दामी’ पुस्तक तयार पारे । नामी लेखक बने । र, जम्मा गरे धेरै रोयल्टी पनि । धेरै बि्रटिस लेखकको आर्थिक जीवनसमेत उद्धार गरेको ती पुस्तकले गोरखाहरूलाई चाहिं के गरे ? उत्तर सहज छ- ‘जे गर्नुपथ्र्यो त्यो गरेन, नगर्नुपर्ने चाहिँ सबै गर्‍यो ।’
प्रिन्स चार्ल्सहरूले भनेझैं र ब्रिटिस लेखकहरूले लेखेजस्तो उनीहरूले गोरखाहरूको कहिल्यै कल्याण गरेनन् । ‘बाँझा’ गोरखाहरूलाई आवाद गरेर उर्बर बनाएका पनि होइनन्, बरु उर्वर गोरखाहरूलाई बन्दुक बोकाएर बाँझा बनाएर बर्बादचाहिं पारेका हुन् । गोरखा भर्ती गोरखाहरूको कुनै बाध्यता थिएन र होइन पनि । थियो त तत्कालीन शासकहरूको प्रपञ्च, गोरखाहरूको नियति ! एकछिनलाई मानिदिऔं-ब्रिटिसहरूले गोरखाहरूको कल्याण गरेको हो । यदि त्यसो हो भने दोस्रो विश्वयुद्ध र त्यसपछिका विभिन्न युद्धहरू सकिएपछि हजारौं-हजार गोरखालाई आलो घाउको उपचारसमेत नगरी खाली हात किन घर फर्काइयो ? तिनका दुस्मनले हानेको गोली लागेर पाकेका गोरखाहरूका घाउ चहराइरहँदा किन तिनले कल्याण गरेनन् ? ती घाइते सिपाहीको पाकेको घाउमा बसेको झिंगाको तस्बिर खिचेर तिनका नाममा संसारभरबाट पैसा उठाउन भ्याउनेहरूले पाकेको घाउमा औषधि हालिदिने कुनै प्रयास गरेनन्, किन ?
ब्रिटिसका लागि लड्दा युद्धमा मारिएका ६० हजारभन्दा बढी गोरखा सैनिकका परिवारलाई किन अहिलेसम्म उनका प्रियजनको मृत्युका खबर दिंदैनन् । दुई/चार हजार राहत दिनुपर्छ भनेर उनीहरूको प्रियजनको मृत्युको खबर किन लुकाइरहेका छन् ? गोरखाहरूका नाममा नामी पुस्तक लेखेर दाम कमाउनेहरूले यी र यस्ता प्रश्नको उत्तरको किन खोजी गरेनन् ? यता, खुकुरी भिरेर युद्धमा निस्केका गोरखाहरूले लामो समय यो प्रश्न पत्तै पाएनन् ।
अहिले भने गोरखाहरूले यसको पत्तो पाएका छन् । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले यो प्रश्न यति बेला उठाइरहेको छ । यो प्रश्न उठाइरहनेहरूको हातमा अहिले खुकुरी र बन्दुक छैन । उनीहरूले अहिले विगतमा जसरी कसैलाई छप्काउन नसक्लान् वा कसैलाई भयभीत पार्न नसक्लान्, उनीहरूको साथमा छ बि्रटिसले गरेको अन्यायको लामो फेहरिस्त । अरूलाई नसक्ला, यसले ब्रिटिसलाई चाहिं अवश्य भयभीत गर्न सक्नेछ ।
ब्रिटिसले विगतमा गोरखाहरूको बहादुरीको ‘मार्केटिङ’ गरेर धेरैको हृदयमा आतंक रोप्यो, लाखौंलाई बेचैन बनायो । अब गोरखाहरूले ब्रिटिसको अन्यायको ‘मार्केटिङ’ गरेर उसको हृदयमा उही बहादुर गोरखाहरूको खुकुरी रोप्ने बेला भएको छ । त्यसकै सुरुआत हो, गोरखा स्मारक ट्रस्टले स्याङ्जाको फेदीखोला-८ स्थित साल्मेडाँडामा बनाउँदै गरेको ‘गोरखा स्मारक’ । यो स्मारकले ब्रिटिसले गरेको ‘अन्याय’बारे संसारभर राम्रो ‘मार्केटिङ’ गर्नेछ ।
स्मारकले बि्रटिसको अन्यायविरुद्ध नारा-जुलुस नगर्ला तर हजारौं-हजार नेपालीलाई ब्रिटिस अन्यायविरुद्ध निरन्तर नारा-जुलुस गर्न उक्साइरहनेछ । स्मारकले कुनै अन्तर्राष्ट्रिय अदालतमा गएर बि्रटिस अन्यायविरुद्ध मुद्दा हाल्न त नसक्ला तर मुद्दा हाल्नेहरूलाई सयौं वर्ष प्रमाण जुटाइदिइरहनेछ । स्मारक आफैंले गोरखाहरूबारे भ्रम बेचेर दामी पैसा कमाउन नामी लेखकहरूविरुद्ध पुस्तक लेख्न त नसक्ला तर लेख्नेहरूलाई हजारौं वर्षसम्म विषयवस्तु दिइरहनेछ । हिजोसम्म गोरखाहरूले खुकुरी बोकेर बि्रटिसका दुस्मनहरूबीच उधुमसँग उपद्रो मच्चाए अब यो ठिंग उभिरहने स्मारकले ब्रिटिस अन्यायविरुद्ध फेरि उधुमसँग ‘उप्रदो’ मच्चाइरहनेछ ।
यसकारण गोरखा स्मारक निर्माणमा गोरखाहरू मात्रै होइन, न्यायका पक्षधर सबै जुट्ने बेला भएको छ । सबैका लागि यो ऐतिहासिक अवसर पनि हो । यदि कोही व्यक्ति स्मारकमा लगानी गर्दा कति फाइदा हुन्छ भनेर क्यालकुलेटर दाबेर बसेका छन् भने उनीहरूको दरिद्रतामाथि दया मात्र गर्ने हो । क्यालकुलेटर दाबेर बस्नेहरूलाई त्यही गरेर यो ऐतिहासिक अभिभारा पूरा गर्नेतिर गोरखाहरूको ध्यान जान आवश्यक छ । इतिहासको रथ कसैले छेक्दैमा रोक्न सक्दैन । सबै गोरखाहरू यही रथमा चढेर गन्तव्यतिर लाग्ने हो । इतिहासको रथ छुट्टाएर ठेला गाडामा हिंड्न सबैले छाडिदिनु आवश्यक छ ।
ब्रिटिसले विगतमा गोरखाहरूको बहादुरीको ‘मार्केटिङ’ गरेर धेरैको हृदयमा आतंक रोप्यो, लाखौंलाई बेचैन बनायो । गोरखाहरूले अब ब्रिटिसको अन्यायको ‘मार्केटिङ’ गरेर उसको हृदयमा उही बहादुर गोरखाहरूको खुकुरी रोप्ने बेला भएको छ । त्यसकै सुरुआत हो, गोरखा स्मारक ट्रस्टले स्याङ्जाको फेदीखोला-८ स्थित साल्मेडाँडामा बनाउँदै गरेको ‘गोरखा स्मारक’ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger